लन्डन । लन्डनस्थित एकजना युवा व्यवसायी हरि आचार्यले एनआरएनए यूकेको आसन्न निर्वाचनमा युवा संयोजकको उम्मेदवारी दिने भएका छन् । एनआरएनए यूकेको चुनाव आउन अब ५ साता बांकी रहंदा आचार्यले उम्मेदवारी दिने बताएका हुन् ।
उलवीचस्थित क्याप्स् कन्सल्टेन्सीका मार्केटिंग डाइरेक्टर आचार्य केही वर्ष यता विभिन्न तवरले सामाजिक गतिविधिमा संलग्न छन् । संघ सिमित व्यक्तिको पहुंच भित्र रहेको बताउंदै उनले यसमा युवा सहभागिताको खांचो समेत औंल्याएका छन् । संघको विगत इतिहासले यसप्रति वितृष्णा बढिरहेका बेला अब युवा जमातलाई संघतर्फ आकर्षित गर्न आफ्नो उम्मेदवारी हुने उनले बताए ।
प्रोपर्टी व्यवसायमा समेत संलग्न उनले आफूले नेतृत्व पाए संघमार्फत सामाजिक तथा कल्याणकारी काममा युवा परिचालन गर्ने, भविष्यका कर्णधार युवा भएकाले उनीहरुलाई देशप्रति कटिवद्ध गराउने, उनीहरुको सिप र ज्ञान स्वदेशमा लगाउने तथा नयां पुस्तामाझ नेपाली कला, संस्कृतिको जगेर्ना गर्ने जस्ता अजेण्डा अघि सारेका छन् ।
आचार्य केही समय रेष्टुरेन्ट व्यवसायमा समेत आवद्ध थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते