लन्डन । अगष्ट ८ शनिवार ओ टु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट गर्न नेपथ्य टोली आज सांझ ७ बजे लन्डन हिथ्रो उत्रंदै छ ।
नेपथ्य आवद्ध दशजनाको टोली काठमाण्डौंबाट उडिसकेको आयोजक इलाइट इभेन्ट्सका एलबीजेड गुरुङले जनाए । नेपथ्यका अगुवा अमृत गुरुङले फेसबुक स्टाटसमा समेत यूके उड्न लागेको तस्विर पोष्ट गरेका थिए ।
गायक अमृतलाई सधैं झैं ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित गीतदेखि नयां एल्बमका चारसहित पुराना गीत गाउने कार्यक्रम छ ।
करिब अढाइ वर्षअघि वेम्ली एरिनामा ऐतिहासिक कन्सर्ट गरेको नेपथ्यको ओ टु एकेडेमी ब्रिक्सटन कार्यक्रमलाई धेरैले चासोका साथ हेरिरहेका छन् । कन्सर्ट टिकेट लगभग सकिएको दावी आयोजकको छ ।
विश्वमै लोकप्रिय मानिन्छ ओ टु एकेडेमी ब्रिक्सटन । नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ । त्यो हलसंग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नाम पनि जोडिएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते