लन्डन । एनआरएनए यूकेको सेप्टेम्बर दोश्रो साता हुने कार्यसमिति निर्वाचनमा साउथ इष्ट लन्डनका एकजना व्यवसायी ललित न्यौपानेले पनि उपाध्यक्ष लड्ने घोषणा गरेका छन् । आफ्नो परिचय नखुलाइ पठाइएको एउटा विज्ञप्तिमा न्यौपानेले संस्था र अब नेतृत्व कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई बढि जोड दिएका छन् ।
एनआरएनए यूके बेलायतमा बसोवास गर्ने सबै तह र तप्काका नेपालीको साझा संस्था भएको उल्लेख गर्दै उनले सबैको समान पहुंच यसमा हुनुपर्दछ भन्ने आफ्नो अवधारणा रहि आएको बताएका छन् । ‘कुनै विशेष व्यक्ति, समूह, जातजाति र वर्गको मात्र नभई सम्पूर्ण बेलायतवासीको हक अधिकार र कर्तब्यको साझा संस्थाका रूपमा विकास गरी अघि बढाउनु पर्छ र सबै खाले मानिसको साझा बोली यसले बोल्नु पर्छ भन्ने मेरो मान्यता रहि आएको छ’, न्यौपानेले भनेका छन् ।
नेपाल सरकार र सरकारी निकायहरूसंग सेतुको रूपमा काम गरी विदेशी भूमिमा कार्यरत सम्पूर्ण नेपालीको हकहित र अधिकार खातिर जतिसक्दो लागेर सामूहिक आवाजलाई संस्थागत गरी सबैको भलो हुने काम गरे मात्र संघको अस्तित्ववोध हुने उनको जिकिर छ ।
‘संसारको जुनसुकै कुनामा बसे पनि नेपाली मन र नेपाली तन भित्रको राष्ट्रिय भावनालाई समेट्दै नेपालको सर्वोपरि हितका निम्ति काम गर्न सके मात्र हामीले चाहे जस्तो समुन्नत नेपालको परिकल्पना साकार हुनेछ’, उनको विज्ञप्तिमा छ, ‘निकट भविष्यमै जारी हुन लागेको नेपालको संविधानमा समेत गैर आवासीय नेपालीका निम्ति विशेष किसिमको नागरिकताको व्यवस्था हुन लाग्नु हाम्रा लागि खुशीको कुरा हो । यसरी नै आगामी दिनमा समेत प्रवासी नेपालीका समस्या र सवालहरू नेपाल सरकारका तर्फबाट संवोधन गराउन सक्नु र विदेशी भूमिमा कार्यरत नेपालीका साझा समस्या समाधान गराउनतिर लाग्नु नै अहिलेको एनआरएनए नेतृत्वको ठूलो चुनौति हो ।’
एनआरएनए यूकेले असल र सक्षम नेतृत्व पाए गैर आवासीय नेपालीहरूको इतिहासमै एउटा नयां यूगको थालनी गर्न सकिने न्यौपानेको विश्वास छ । संघको नेतृत्वदायी पदमा बस्न पाए राष्ट्र र राष्ट्रियताका लागि समर्पित भई विदेशी भूमिमा रहेर पनि नेपाल भनि मरिमेट्ने सबैका निम्ति केही गर्ने प्रण गर्दै न्यौपानेले अमुल्य मत दिएर जिताउन सबैमा आग्रह गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते