काठमाडौँ, १९ साउन । नवलपरासीको कुडिया–४ मर्चहवामा गत साउन ५ गते भएको बालक हत्याको घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह (एनएसिजी–नेपाल) ले आज पत्रकार सम्मेलन गरी गरिबी, चेतनाको कमी र रुढीगत मान्यताका कारण घटना घटेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले धामी झाँक्री प्रथा समाजको कलङ्क भएको र यस्तो प्रथालाई अन्त्य गर्न कडा कानुनको खाँचो रहेको औँल्याए ।
अनुगमन टोलीका संयोजक कृष्ण सुवेदीले पूर्ण साक्षर जिल्लाका रूपमा भर्खरै अगाडि बढ्दै गरेको सो जिल्लामा बालहत्याजस्तो क्रूर घटना घट्नु दुःखद भएको बताए ।
यस्तो घटनाका पीडितलाई मनोपरामर्श कक्षा सञ्चालन गर्नुपर्ने, बालबालिकालाई भयरहित वातावरणमा विद्यालय जान प्रोत्साहन गर्नुपर्ने र राजनीतिक तवरले दोषीलाई उन्मुक्ति दिन नहुने उनको सुझाव थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव डा किरण रुपाखेतीले कसैको ज्यान बचाउन कसैको हत्या गर्न पाइँदैन भन्दै पीडित परिवारलाई आवश्यक मनोपरामर्शका साथै उचित राहत दिनुपर्ने बताए ।
घटनाको अनुगमनमा एनएसिजीका तर्फबाट बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) का संयोजक कृष्ण सुवेदी, जागृत बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, सिजपका संयोजक दीपक बस्याल साथै स्थानीयस्तरका बाल क्लबका प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख, इन्सेकका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सम्मिलित थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ