लन्डन । लन्डनका सक्रिय सञ्चारकर्मी कुशल श्रेष्ठ सम्मानित भएका छन् । गुल्मी जिल्ला समाज यूकेले आइतबार मेडस्टोन केन्टमा आयोजित आफ्नो वार्षिक भेलामा के के मुभिज् प्रोडक्शनका निर्देशक श्रेष्ठलाई सम्मान गरेको हो । भिडियोग्राफी, फोटोग्राफी र पत्रकारितामार्फत समाजलाई निरन्तर योगदान दिएवापत समाजका अध्यक्ष अर्जुन गौतमले उनलाई सम्मान गरेका थिए ।
श्रेष्ठको व्यवसायिक भिडियोग्राफीले अहिले उचाईं लिंदै गएको छ । उनले आधी बाटो, यूकेमै निर्मित यू टर्न जस्ता सिनेमा एवं अन्जु पन्त, यश कुमार, नवीन के भट्टराई लगायत कलाकारको दर्जन हाराहारी म्यूजिक भिडियो छायांकन एवं निर्देशन गरिसकेका छन् ।
नेपाली समुदायमाझ मात्र होइन, भारतीय, बंगाली देखि अंग्रेजी मिडियाका लागि विभिन्न विज्ञापन बनाउन काम समेत उनले गरिसकेका छन् । बीबीसीको मुटु रोग, एनएचएसको स्वास्थ्य सचेतना र टीबी रोग सम्वन्धि वृत्तचित्र समेत निर्माण गरेको अनुभव श्रेष्ठसंग छ ।
डिरेक्टर अफ फोटोग्राफी (डिओपी) श्रेष्ठले नेपाली मिडियाको प्रतिनिधित्व गर्दै केही महिना अघि लन्डनमा आयोजित मिस वोल्र्ड प्रतियोगिताको सम्पूर्ण छायांकन एवं मिस वोल्र्डको अन्तर्वार्ता समेत लिएपछि उनको थप चर्चा भएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा