लण्डन । ग्रेटर रेडिङ नेपाली समाजले वर्षेनी आयोजना गर्दै आएको रेडिङ कपमा यस वर्षदेखि महिला फुटबल पनि समावेश गरिएको छ ।
अागामी २९ अगष्टमा रेडिङको पालमर पार्कमा हुने सो फुटबल प्रतियोगितामा महिला तर्फ प्रथम हुनेलाइृ ५०० पाउण्ड र दोस्रो हुनेलाई ३०० पाउण्ड पुरस्कार राखिएको आयोजकहरुले बताएका छन् ।
महिलाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न यस वर्ष महिला फूटबल पनि गर्न लागेको जानकारी समाजका अध्यक्ष मानबहादुर गुरुङले दिए ।
त्यसैगरी यूथतर्फ़को विजेताले १ हजार ५०० पाउण्ड र उपविजेताले १ हजार पाउण्ड पुरस्कार पाउने छन् । भेट्रानतर्फ़ प्रथमले ५०० र दोस्रोले ३०० पाउण्ड पाउने कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले बताए । महिला फूटबल मा पनि प्रथम हुने ले ५०० पाऊण्ड र दोस्रा हुने ले ३०० पाऊण्ड पाउने छन् |
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन समाजको कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको संयोजनमा विभिन्न उपसमिति पनि गठन गरिएको समाजका महासचिव नव न्यौपानेले जानकारी दिए ।
करिब ४ हजार ५०० नेपाली रेडिङमा बसोबासरत रहेको बताइएको छ ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका