लन्डन । २ अगष्ट आइतबार मेडस्टोन केन्टमा हुने गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाटमा मनोरन्जन दिलाउन दुई गुल्मेली कलाकार लन्डन आइपुगेका छन् । बिहीवार सांझ हिथ्रो उत्रिएका चर्चित लोक गायक गायिका प्रसाद मगर र मन्जु पौडेललाई समाजका पदाधिकारीले स्वागत गरे । विमानस्थलको आगमन कक्षमा उनीहरुलाई अध्यक्ष अर्जुन गौतमले पुष्प गुच्छाले स्वागत गरे । सो अवसरमा संस्थाका महासचिव राम गलामी, सचिव शिव भण्डारी, कोषाध्यक्ष टोप पल्ली एवं सदस्य बीर बलाल तथा सल्लाहकार गोकर्ण बस्नेत, ओम बुढाथोकी भारसेली समाजका अध्यक्ष मेगबहादुर थापा लगायतको उपस्थिति थियो ।
लन्डन उत्रिएपछि कलाकारहरुले आफूहरुलाई बेलायत झिकाउने गुल्मी जिल्ला समाज यूकेलाई धन्यवाद दिंदै २ अगष्टको कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन आग्रह गरेका छन् ।
समाजले प्रत्यक वर्ष आयोजना गर्ने वार्षिक समर भेटघाट कार्यक्रममा नेपाली लोक सांस्कृतिक प्रस्तुति सहितको गुल्मेली नौमती बाजा, डम्फु मादलको धुन, लोक झ्याउरे, भलिवल लगायत अनेक मनोरन्जनात्मक गतिविधिका साथ बीबीक्यू हुने गरेको छ ।
कोषाध्यक्ष टोप पल्लीले यस बर्षको कार्यक्रममा झन्डै हजार बेलायतवासी गुल्मेली सहभागी हुने अपेक्षा गरिएको जनाए ।
महासचिव राम गलामीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको उल्लेख गरेका छन् । उक्त भेलालाई यूकेबाट सञ्चालित अनलाइन रेडियो राइनो र गुल्मीस्थित रेसुंगा एफएमले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
तस्विर एवं भिडियो सौजन्य ः शिव भण्डारी
http://youtu.be/2nY6k0r57pk
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ