लन्डन । युरोपमा आप्रवासी संकट चुलिरहंदा एक बेलायती वरिष्ठ प्रहरी अधिकृतले त्यसको समाधान गोर्खाहरुले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सरे पुलिस फोर्सका एकजना वरिष्ठ अधिकृत एवं खरो वक्ता केभिन हर्लेले गैर कानुनी रुपमा बेलायत छिरिरहेका आप्रवासीलाई गोर्खाहरुले रोक्न सक्ने बताएका हुन् । पुलिस एण्ड क्राइम कमिश्नर हर्लेले च्यानल टनेलमा गोर्खा रेजिमेन्ट राखिदिए गैर कानुनी रुपमा युरोपबाट आप्रवासी छिर्ने क्रम रोकिने विश्वास व्यक्त गरे ।
आफूलाई ‘अन्तर्राष्ट्रिय सुरक्षावीद’ बताउने हर्लेले केन्टस्थित रोयल गोर्खा राइफल्स्का ७ सय गोर्खा सैनिक सीमामा खटाइदिए समस्या तत्काल समाधान हुने उल्लेख गरेका छन् ।
लरीबाट हाम्फालेर आफ्नो क्षेत्रमा सयौंको संख्यामा गैर कानुनी आप्रवासी प्रवेश गरेको घट्नाले दिक्दार लागेको बताउंदै हर्लेले गत महिनामात्र एकसय भन्दा बढि आप्रवासी सरेतिर गायव भएको बताए ।
गोर्खाहरु निडर तथा उच्च सम्मानित सैनिक भएको प्रशंसा गर्दै आफ्नो सीमा नियन्त्रण गर्न उनीहरु नै सक्षम हुने उनको विश्वास छ ।
यतिखेर बेलायती र फ्रेन्च अधिकारीहरुलाई लरीमा लुकेर आफ्नो देशमा छिर्न खोज्ने आप्रवासीहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परिरहेको छ । गत मंगलबार सांझ १५ सय आप्रवासी च्यानल टनेल छिर्न खोज्दा एकजनाको निधन भएको थियो भने सोमबार पनि करिब दुई हजार छिर्न तंछाडमछाड गरिरहेका दृश्य टेलिभिजन च्यानलले प्रसारण गरिरहेका थिए । जुन महिना यतामात्र गैर कानुनी छिर्न खोज्ने ९ जना आप्रवासीको मृत्यु भइसकेको छ ।
फ्रान्सले बुधबार एकसय २० प्रहरी अधिकृतहरु क्यालेस्थित च्यानल टनेलमा खटाएको छ । उता, बेलायती मन्त्रीहरुको हवाइटहलमा बसेको आकष्मिक कोब्रा बैठकपछि गृहमन्त्री टेरेजा मेले युरो टनेल ट्राभल कम्पनीहरुलाई ७ मिलियन पाउण्ड लगानीमा नयां सुरक्षा तारबार राख्न राजनैतिक दवाव दिएकी छिन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित