लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतको निर्वाचन गराउन गठित समितिले अहिलेसम्मकै सफल र ऐतिहासिक निर्वाचन गराउने दाबी गरेको छ ।
निर्वाचन समितिको उलवीचमा सम्पन्न पहिलो बैठकले उक्त दृढता व्यक्त गरेको हो । विगतका गल्ती कमजोरी दोहोरिन नदिन समिति सचेत र दृढ संकल्पित रहने समेत उसको प्रेस नोटमा उल्लेख छ ।
एनआरएनए यूकेको प्रत्यक्ष मतदान १३ सेप्टेम्बरमा एसियन कम्युनिटी सेन्टर, प्लमस्टिडमा हुने भएको छ भने अधिवेशन १९ सेप्टेम्बर शनिवार गरिने छ ।
निर्वाचन समितिको बैठकपछि सदस्य सचिव रामशरण सिम्खडाले जारी गरेको प्रेस नोटमा एनआरएनए यूकेको विगतको गरिमा र प्रतिष्ठामा विविध कमी कमजोरीले ह्रास आइरहेको वर्तमान अवस्था स्मरण गर्दै आसन्न निर्वाचनले संघको गौरवपूर्ण इतिहासलाई यथावत राख्ने समेत प्रतिवद्धता छ । प्रेस नोटमा छ, ‘तमाम विकृति र विसंगतिलाई चिर्न हाम्रो निष्पक्षता, इमान्दारिता र कर्तव्य परायणतालाई कुनै पनि अवस्थामा विचलित हुन नदिई आजसम्मकै सफल र ऐतिहासिक निर्वाचन गराउने जिम्मेवारीवोधका साथ अघि बढ्न वर्तमान निर्वाचन समिति एक मतले दृढ छ ।’
संघको १३ जुलाई २०१५ मा बसेको पूर्ण बैठकले वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल (ओबीइ) को संयोजकत्वमा सदस्य सचिव रामशरण सिम्खडा रहने गरि विश्वआदर्श पंण्डित, डा चन्द्र लक्सम्बा, भक्त गुरुङ, पूर्ण लक्सम र शिवजी श्रेष्ठ रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।
समितिले यसअघि अधिकतम सहभागिताका लागि हुलाक मार्फत समेत आफ्नो मतदान अधिकार प्रयोग गर्न पाउने विधि अवलम्बन गरिएपनि त्यसले विकृति निम्त्याएपछि यसपटक हटाइएको जनाएको छ ।
निर्वाचन समितिले एनआरएनए यूके इग्ल्यांण्ड केन्द्रित भयो भन्ने जनगुनासोलाई दृष्टिगत गरी यसपटक वेल्स्, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा समेत मतदान अधिकार प्रयोग गर्न पाउने ब्यबस्था मिलाउने निर्णय गरिएको जनाएको छ ।
सदस्यता बन्ने सवालमा विगतमा देखिएका कमजोरी दोहोरिन नदिन यसका मापदण्डहरुलाई कडाईका साथ लागू गर्ने हेतुले सदस्यता सम्बन्धी नियमावली, आचार संहिता लगायत निर्वचनसंग परोक्ष सरोकार राख्ने विभिन्न विषयवस्तुलाई सूचीकृत गरी सूचना जारी गरिएको पनि समितिको भनाइ छ ।
निर्वाचन समितिको सूचना । ठूलो साइजमा हेर्न डबल क्लिक गर्नुहोला
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने