लन्डन । लन्डन फेशन हाउसले वालवालिकाको प्रतिभा उजागर गर्ने लक्ष्यसहित मास्टर एण्ड मिस लिटिल नेपाल यूके २०१५ प्रतियोगिता गर्ने भएको छ । विविध कारणले गत वर्ष रोकिएको यस प्रतियोगिता यो पटक दोश्रो हुनेछ ।
अक्टोबर अन्तिम साता उक्त प्रतियोगिता गरिने आइतबार आयोजित पत्रकार भेटघाटमा जनाइएको हो । केटाकेटीको ‘टर्म ब्रेक’ का बेला प्रतियोगिता गर्ने योजना भएपनि मिति र स्थान भने तय हुन बांकी छ । लन्डन फेशन हाउसकी निर्देशक तथा हेड अफ डिजाइन मनिषा डंगोल श्रेष्ठले बेलायतको साउथ इष्ट लन्डन, अल्डरसट र लन्डनमा अडिसनमार्फत वालवालिका छनौट गरिने जनाइन् । १२ वर्षसम्मका वालवालिकाले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगितामा मास्टर एण्ड मिस लिटिल नेपालसहित मास्टर एण्ड मिस फोटोजेनिक, पर्सनालिटी, पपुलर, एकेडेमिक, डिस्सिप्लिन, ट्यालेन्ट, पङ्चुयल, वेष्ट ड्रेस, वेष्ट स्माइल र वेष्ट क्याटवाक टाइटलमा अवार्ड दिइने श्रेष्ठले जनाइन् ।
प्रवेश शुल्क दश पाउण्डमात्र तोकिएको छ ।
प्रतियोगितालाई गैर आवासीय नेपाली संघ बेलायतले पनि साथ दिने भएको छ । कार्यक्रममा उपस्थित संघका महासचिव राजकुमार त्रिपाठीले वालवालिका लागि यस्ता प्रतियोगिताको खांचो औंल्याउंदै सबैलाई सहयोग गर्न अपिल गरे ।
प्रतियोगितामा वालवालिकाबाटै उठाइने केही रकम नेपालको पुनर्निर्माणका लागि पठाउने आयोजकको सोच छ । निर्देशक श्रेष्ठले प्रतियोगितामा सहभागिताका लागि आफ्ना केटाकेटीलाई प्रेरित गरिदिन अभिभावकसंग आग्रह गरेकी छिन् ।
कार्यक्रममा लन्डन नेपाल न्यूज डटकमका प्रधानसम्पादक शिव भण्डारीले वेष्ट ड्रेस टाइटल विजेता वालवालिकालाई पोशाक प्रायोजन गरिदिने घोषणा गरेका छन् ।
पत्रकार अन्तरक्रियामा पहिलो मिस टिन नेपाल यूके २०१३ एलिजा क्षेत्री, मिस लिटिल नेपाल यूके प्रतिष्ठा त्रिपाठी र मास्टर नेपाल यूके आशुतोष शाहले समेत आ आफ्ना अनुभव सुनाउंदै प्रतियोगिताबाट धेरै कुरा सिकेको बताएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार