लन्डन । पिटरबोरो नेपाली समाज यूकेले नेपालको पुनर्निर्माणका लागि ५ लाख २५ हजार एकसय एक रूपैयां सहयोग गरेको छ । समाजका अध्यक्ष केशव भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषका लागि प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा उक्त सहयोग हस्तान्तरण गरेको समाजले जनाएको छ ।
समाजले विनाशकारी भूकम्प पीडितहरूलाई तत्कालीन आपतकालीन सहयोगका लागि समाजका सल्लाहकार महेश अधिकारी र अन्य संघसंस्थासंग समन्वय गरि भूकम्पले प्रभावित गाउंमै पुगी करिब १२ लाख रुपैयां बराबरको राहत सामाग्री उपलव्ध गराइसकेको छ ।
समाजले सम्पूर्ण चन्दादाताप्रति आभार व्यक्त गरेको छ ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका