लन्डन । बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री ब्यारोनेस बर्माले भूकम्पपछि नेपाललाई हालसम्म ब्रिटेन र यहांका जनताले ७३ मिलियन पाउण्ड सहयोग गरिसकेको जनाउंदै सहयोग यथावत राख्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । बिहीबार सांझ लन्डन मेलाबारे जानकारी दिन बेलायतको विदेशमन्त्रालयस्थित दरबार कोर्टमा आयोजित विशेष समारोहमा बर्माले भूकम्पपछि क्षतविक्षत नेपाल र प्रभावित जनताप्रति सहानुभूति समेत प्रकट गरेकी थिइन् ।
उनले ब्रिटेन नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाउने तयारी भइरहंदा दुई देशबीचको सम्वन्ध अरु प्रगाढ हुंदै गएको बताइन् ।
यसैबीच, दक्षिण एसियाली कला संस्कृति दर्शाउने युरोपकै सबैभन्दा ठूलो लन्डन मेला नेपालका भूकम्प पीडितहरुका लागि समर्पित हुने भएको छ । जि लन्डन मेलाका आयोजकले टिकेट विक्रीबाट संकलन हुने रकम पीडितका लागि खर्चने जानकारी दिएका हुन् । यसै वर्षदेखि मेला हेर्न टिकेट किन्नुपर्ने व्यवस्था हुन लागेको हो ।
स्थानीय इलिङ, हन्स्लो काउन्सिल एवं मेयर अफ लन्डनको विशेष साथ रहने उक्त जि लन्डन मेला गनर्सबरी पार्कमा आगामी ६ सेप्टेम्बरमा हुंदैछ । फेसन शो, खाना, बलिउड आधुनिक तथा शास्त्रीय संगीत, बाल खेल, आतसबाजी मेलाका प्रमुख आकर्षण हुनेछन् । एकदिने उक्त मेलामा ९० हजार देखि लाख मानिस आउने अपेक्षा छ ।
कलाकार, खेलाडी, राजनीतिज्ञ, बुद्धिजिवी, सञ्चारकर्मीलगायत करिब तीनसय सहभागी उक्त कार्यक्रममा जि लन्डन मेलाका आर्टिसटिक डाइरेक्टर अजय चब्राले मेलाले विविधता, एसियाली कला संस्कृति र मौलिकता पस्कने उल्लेख गरे । अन्य वक्ताहरु जुलियन रड र प्रशान्त कुंवरले मेला भूकम्प पीडितहरुलाई सघाउन केन्द्रित भएकामा आभार व्यक्त गरेका थिए ।
समारोहमा बीबीसी एजियन नेटवर्कका स्थायी डिजे एवं जि लन्डन मेलाका एम्बेसडर बबी फ्रिक्सनले भूकम्प पीडितका लागि आर्थिक संकलन गर्न विभिन्न सामान लिलाम बढाबढ गरेका थिए । उक्त अवसरमा नुटखुट इम्पेरियल कोर्टका नर्तकीहरुले आकर्षक नाच समेत प्रस्तुत गरे ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने