
अज्ञात समूहले अपरान्ह काठमाडौँ नयाँ बजारस्थित धारा गल्ली चोकमा जलाएको बा १ ज २३०१ नम्बरको ट्याक्सी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ८ साउन । अज्ञात समूहले शुक्रबार अपराह्न काठमाडौँ नयाँबजारस्थित धारा गल्ली चोकमा भाडाको एउटा ट्याक्सीमा आगजनी गरेको छ ।
आगलागीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ गइरहेको बा१ज २३०१ नं को ट्याक्सी तीन÷चार जनाको समूहले रोकी आगजनी गरेका हुन् ।
आगजनीबाट ३३ वर्षीय चालक राकेश तामाङको कपालको केही भागसमेत जलेको छ ।
तीन÷चार जनाको समूह धारा गल्लीबाट बाहिर निस्की ट्याक्सी रोक्न लगाएको र ढोका खोली केही सामान राखे जस्तो गरि एक्कासी आगजानी गरेपछि आफू हत्तपत्त बाहिर भागेको ट्याक्सी चालक राकेशले बताए ।
ट्याक्सीमा आगजनी गरेपछि सो समूह सोही ठाउँतर्फ भागेको चालक तामाङले जनाए । काठमाडौँ जुद्ध वारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ