
अज्ञात समूहले अपरान्ह काठमाडौँ नयाँ बजारस्थित धारा गल्ली चोकमा जलाएको बा १ ज २३०१ नम्बरको ट्याक्सी । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ८ साउन । अज्ञात समूहले शुक्रबार अपराह्न काठमाडौँ नयाँबजारस्थित धारा गल्ली चोकमा भाडाको एउटा ट्याक्सीमा आगजनी गरेको छ ।
आगलागीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ गइरहेको बा१ज २३०१ नं को ट्याक्सी तीन÷चार जनाको समूहले रोकी आगजनी गरेका हुन् ।
आगजनीबाट ३३ वर्षीय चालक राकेश तामाङको कपालको केही भागसमेत जलेको छ ।
तीन÷चार जनाको समूह धारा गल्लीबाट बाहिर निस्की ट्याक्सी रोक्न लगाएको र ढोका खोली केही सामान राखे जस्तो गरि एक्कासी आगजानी गरेपछि आफू हत्तपत्त बाहिर भागेको ट्याक्सी चालक राकेशले बताए ।
ट्याक्सीमा आगजनी गरेपछि सो समूह सोही ठाउँतर्फ भागेको चालक तामाङले जनाए । काठमाडौँ जुद्ध वारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट