लन्डन । नेपलिज हिन्दू फोरम यूकेले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै लन्डन दूतावासमार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिएको छ । शुक्रवार दूतावासमा कार्यवहाक राजदूतमार्फत प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुभास नेम्वाङलाई १४ बुंदे ज्ञापन बुझाइएको हो ।
ज्ञापनमा विभिन्न संघसंस्था, व्यापारी, राजनीतिज्ञ, पेशेवरहरुले हस्ताक्षर गरेका छन् । ज्ञापनमा विभिन्न देशका उदाहरण प्रस्तुत गर्दै नेपाल चाहिं हिन्दु राष्ट्र किन नहुने भन्ने प्रश्न समेत गरिएको छ ।
हिन्दूत्व नेपालीहरुको पहिचान भएको उल्लेख गर्दै ज्ञापनमा नेपालका अल्पसंख्यक धार्मिक सम्प्रदायलाई धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने जिकिर छ । नेपालमा ८१ प्रतिशत भन्दा बढिले हिन्दूत्व अनुशरण गर्ने स्मरण गराउंदै ज्ञापनमा ओमकार परिवार र सनातन धर्म अनुयायी जोड्दा यो संख्या ९४ प्रतिशत पुग्ने अवगत गराइएको छ । यस्तो वास्तविकताबीच नेपाललाई धर्म निरपेक्ष बनाइनु न्यायसंगत नभएको ज्ञापनमा छ । बहुसंख्यक जनताको मर्म र चाहना विपरित हिन्दू राष्ट्र घोषणा गर्न आनाकानी गर्ने हो भने यसबारे जनमत संग्रह गर्न पनि माग गरिएको छ । जनमत नै लोकतान्त्रिक अधिकार हुने ज्ञापनमा छ । हिन्दू प्राचीन धर्ममात्र नभइ एउटा शान्तिको धर्म पनि भएको पत्रमा जोड दिइएको छ ।
सार्क राष्ट्र लगायत विश्वका दर्जनौं मुलुक क्रिश्चियन र इस्लाम घोषणा भएको अवस्थामा नेपाल हिन्दू राष्ट्र किन नहुने भन्ने प्रश्न समेत ज्ञापनमा गरिएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतमा ६० प्रतिशत भन्दा कम क्रिश्चियन भएपनि गर्वका साथ बेलायतलाई क्रिश्चियन मुलुक भनिरहेको अवस्थामा नेपालका नेताहरुले यो तथ्य किन नबुझेको भन्ने असन्तुष्टि पनि पत्रमा छ । जुइस हिन्दूको तुलनामा धेरै न्यून भएपनि इजरायल जुइस राष्ट्र भएको र विश्वभरका इजरायलीहरु जुइस भएकामा गर्व गर्ने गरेको उदाहरण पनि ज्ञापनमा प्रस्तुत गरिएको फोरमका महासचिव चिरन्जिवी पौड्यालले जनाए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न