लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले भूकम्प पीडितहरुको सहयोगार्थ गत बुधवार सांझ लन्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर गरेको छ ।
कार्यक्रममा सर्वदलीय संसदीय समूह नेपाल च्याप्टरका नवनियुक्त अध्यक्ष एवं सांसद वीरेन्द्र शर्माले आफू तीन पटक नेपाल घुमेको स्मरण गर्दै भूकम्पबाट भएको जनधन क्षतिप्रति दुःख व्यक्त गरे । शर्माले उक्त प्राकृतिक विपत्तिबाट मुलुक धेरै पछाडि फर्केकामा चिन्तासहित पुनर्निर्माणमा सघाउन सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा केन्जिङ्टन एण्ड चेल्सी मेयर रोबर्ट फ्रिम्यान, इलिङ मेयर हरभजन धिर कौर, फेडेरेसन अफ इन्टरनेशनल वुमन्स् एसोसिएसन इन लन्डन (फिवाल) की क्यारोलिना मुरले आ आफ्नो तर्फबाट नेपालको पुनर्निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरे । फिवालले उक्त अवसरमा दुई हजार पांचसय पाउण्ड आर्थिक सहयोग दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
विदेशीहरुको उल्लेख्य सहभागिता रहेको उक्त च्यारिटीमा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले स्वागत मन्तव्य दिंदै भूकम्पले नेपालमा पुर्याएको क्षतिबारे अवगत गराइन् । उनले नेपालको पुनर्निर्माणमा सघाउन सहभागीलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा भूकम्पले क्षतविक्षत नेपालको करिब दश मिनेट लामो भिडियो देखाइंदा अतिथीहरु स्तव्ध देखिन्थे ।
कार्यक्रममा एसोसिएसनकी कोषाध्यक्ष गायिका सितु खरेलले मृत्युञ्जय मन्त्र प्रस्तुत गरेकी थिइन् । सो अवसरमा दिवंगतहरुप्रति मौनधारण र नेपाली एवं बेलायती राष्ट्रिय गान बजाइएको थियो ।
आस्था पौडेलले सञ्चालन गरेको उक्त च्यारिटी कार्यक्रम सफल बनाउन अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष सितु खरेल लगायतको उल्लेख्य योगदान थियो । कार्यक्रममा राफल चिट्ठामा नेपालको दुई तर्फी दुई वटा टिकेट प्रायोजन गरिदिने ब्राइटसन ट्राभल साथै गोर्खा बियर, हिमालयन वाइन, मन्टिज रेष्टुरेन्ट, वेम्ली तन्दुरी लगायत प्रायोजकलाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिइन् भने सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
तस्विरः एभरेष्ट गौतम
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ