लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले भूकम्प पीडितहरुको सहयोगार्थ गत बुधवार सांझ लन्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर गरेको छ ।
कार्यक्रममा सर्वदलीय संसदीय समूह नेपाल च्याप्टरका नवनियुक्त अध्यक्ष एवं सांसद वीरेन्द्र शर्माले आफू तीन पटक नेपाल घुमेको स्मरण गर्दै भूकम्पबाट भएको जनधन क्षतिप्रति दुःख व्यक्त गरे । शर्माले उक्त प्राकृतिक विपत्तिबाट मुलुक धेरै पछाडि फर्केकामा चिन्तासहित पुनर्निर्माणमा सघाउन सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा केन्जिङ्टन एण्ड चेल्सी मेयर रोबर्ट फ्रिम्यान, इलिङ मेयर हरभजन धिर कौर, फेडेरेसन अफ इन्टरनेशनल वुमन्स् एसोसिएसन इन लन्डन (फिवाल) की क्यारोलिना मुरले आ आफ्नो तर्फबाट नेपालको पुनर्निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरे । फिवालले उक्त अवसरमा दुई हजार पांचसय पाउण्ड आर्थिक सहयोग दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
विदेशीहरुको उल्लेख्य सहभागिता रहेको उक्त च्यारिटीमा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले स्वागत मन्तव्य दिंदै भूकम्पले नेपालमा पुर्याएको क्षतिबारे अवगत गराइन् । उनले नेपालको पुनर्निर्माणमा सघाउन सहभागीलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा भूकम्पले क्षतविक्षत नेपालको करिब दश मिनेट लामो भिडियो देखाइंदा अतिथीहरु स्तव्ध देखिन्थे ।
कार्यक्रममा एसोसिएसनकी कोषाध्यक्ष गायिका सितु खरेलले मृत्युञ्जय मन्त्र प्रस्तुत गरेकी थिइन् । सो अवसरमा दिवंगतहरुप्रति मौनधारण र नेपाली एवं बेलायती राष्ट्रिय गान बजाइएको थियो ।
आस्था पौडेलले सञ्चालन गरेको उक्त च्यारिटी कार्यक्रम सफल बनाउन अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष सितु खरेल लगायतको उल्लेख्य योगदान थियो । कार्यक्रममा राफल चिट्ठामा नेपालको दुई तर्फी दुई वटा टिकेट प्रायोजन गरिदिने ब्राइटसन ट्राभल साथै गोर्खा बियर, हिमालयन वाइन, मन्टिज रेष्टुरेन्ट, वेम्ली तन्दुरी लगायत प्रायोजकलाई अध्यक्ष श्रेष्ठले धन्यवाद दिइन् भने सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
तस्विरः एभरेष्ट गौतम
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने