लन्डन । आफूहरुलाई अन्याय गरिएको भन्दै ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठ कार्यक्रम ‘वहिष्कार’ गरिरहेका भूपू गोर्खाहरुले अगष्ट दोश्रो साता स्कटल्याण्डमा प्रदर्शनको तयारी गरेका छन् । १२ घण्टा धर्ना दिने र स्कटिससंग न्यायका लागि अनुनय गर्ने गोर्खाहरुको सोच छ ।
गोर्खाहरुले विश्वभरबाट करिव १०० मिलियन दर्शकले अवलोकन गर्ने ठानिएको दि रोयल एडिनबरा मिलिट्री टट्टुका बेला विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
‘विश्वलाई हामीमाथि भइरहेको अन्यायबारे अवगत गराउन लन्डनबाट दुई सय भूपू गोर्खाहरु स्कटल्याण्ड जाने तयारीमा छौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले वीनेपालीसंग भने ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आगामी १० देखि १४ अगष्टसम्म विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।
विरोध प्रदर्शन, १२ घण्टे धर्ना र स्कटिस प्रथम मन्त्री निकोला स्टरजनलाई भेटेर ज्ञापनसहित आफूलाई न्याय दिलाइदिन अपिल गरिने समितिका गोर्खा दूत डा. रामनारायण कन्दङ्वाले जनाए ।
‘लर्डस् प्रशंसा गर्छन्, क्यामरुन दिंदैनन्’
हाउस अफ लर्ड्स मा गोर्खा योगदानको पर्याप्त तारिफ भएपनि प्रधानमन्त्री डेभिड क्यामरुन चाहिं गोर्खा माग सुन्नै नचाहेको गुनासो गोर्खाहरुको छ ।
जुन दोश्रो साता हाउस अफ लर्ड्स मा भएको गोर्खा वहसमा ८ जना लर्डस् र एक जना ब्यारोनेसले गोर्खा पक्षमा खुलेर प्रशंसा गरेको कन्दङ्वाले जनाए । ‘गोर्खाहरुले हाम्रा लागि यति गरे कि हामी हजार वर्ष सम्म ऋणी भइरहनुपर्छ । उनीहरुलाई प्रशंसा गरेर मात्र हुन्न, प्रशंसाले भोको पेट भरिन्न । समय, युग सापेक्ष व्यवहार पनि गर्नुपर्छ,’ ति लर्डस्ले वहसमा बोलेको कुरा उधृत गर्दै कन्दङ्वाले जनाए ।
तर, प्रधानमन्त्रीलाई गोर्खा मागमा वास्ता छैन् । गत वर्ष सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि पनि आफ्ना प्रमुख माग संवोधन नगरिएको भन्दै भूपू गोर्खाहरुले क्यामरुनलाई हालै ‘फ्रेस’ ज्ञापन पठाएका थिए । ज्ञापनको औपचारिक प्रतिउत्तरमा क्यामरुनले गोर्खाहरुलाई धेरै गरिएको ‘रेडिमेड’ जवाफ पठाएपछि गोर्खाहरु रुष्ट छन् । उनीहरुले आगामी वर्ष २४ अप्रिलसम्म माग सुनुवाइ नभए गत वर्षकै जस्तो पुनः आमरण अनसन बस्ने चेतावनी दिइसकेका छन् । ‘हामीलाई रहर लागेको होइन, वाध्यता हो’, कन्दङ्वा भन्छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने