लन्डन । आफूहरुलाई अन्याय गरिएको भन्दै ब्रिटिश सेनामा गोर्खा प्रवेशको दुई सय वर्ष गांठ कार्यक्रम ‘वहिष्कार’ गरिरहेका भूपू गोर्खाहरुले अगष्ट दोश्रो साता स्कटल्याण्डमा प्रदर्शनको तयारी गरेका छन् । १२ घण्टा धर्ना दिने र स्कटिससंग न्यायका लागि अनुनय गर्ने गोर्खाहरुको सोच छ ।
गोर्खाहरुले विश्वभरबाट करिव १०० मिलियन दर्शकले अवलोकन गर्ने ठानिएको दि रोयल एडिनबरा मिलिट्री टट्टुका बेला विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
‘विश्वलाई हामीमाथि भइरहेको अन्यायबारे अवगत गराउन लन्डनबाट दुई सय भूपू गोर्खाहरु स्कटल्याण्ड जाने तयारीमा छौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले वीनेपालीसंग भने ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आगामी १० देखि १४ अगष्टसम्म विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।
विरोध प्रदर्शन, १२ घण्टे धर्ना र स्कटिस प्रथम मन्त्री निकोला स्टरजनलाई भेटेर ज्ञापनसहित आफूलाई न्याय दिलाइदिन अपिल गरिने समितिका गोर्खा दूत डा. रामनारायण कन्दङ्वाले जनाए ।
‘लर्डस् प्रशंसा गर्छन्, क्यामरुन दिंदैनन्’
हाउस अफ लर्ड्स मा गोर्खा योगदानको पर्याप्त तारिफ भएपनि प्रधानमन्त्री डेभिड क्यामरुन चाहिं गोर्खा माग सुन्नै नचाहेको गुनासो गोर्खाहरुको छ ।
जुन दोश्रो साता हाउस अफ लर्ड्स मा भएको गोर्खा वहसमा ८ जना लर्डस् र एक जना ब्यारोनेसले गोर्खा पक्षमा खुलेर प्रशंसा गरेको कन्दङ्वाले जनाए । ‘गोर्खाहरुले हाम्रा लागि यति गरे कि हामी हजार वर्ष सम्म ऋणी भइरहनुपर्छ । उनीहरुलाई प्रशंसा गरेर मात्र हुन्न, प्रशंसाले भोको पेट भरिन्न । समय, युग सापेक्ष व्यवहार पनि गर्नुपर्छ,’ ति लर्डस्ले वहसमा बोलेको कुरा उधृत गर्दै कन्दङ्वाले जनाए ।
तर, प्रधानमन्त्रीलाई गोर्खा मागमा वास्ता छैन् । गत वर्ष सर्वदलीय संसदीय समितिको प्रतिवेदनपछि पनि आफ्ना प्रमुख माग संवोधन नगरिएको भन्दै भूपू गोर्खाहरुले क्यामरुनलाई हालै ‘फ्रेस’ ज्ञापन पठाएका थिए । ज्ञापनको औपचारिक प्रतिउत्तरमा क्यामरुनले गोर्खाहरुलाई धेरै गरिएको ‘रेडिमेड’ जवाफ पठाएपछि गोर्खाहरु रुष्ट छन् । उनीहरुले आगामी वर्ष २४ अप्रिलसम्म माग सुनुवाइ नभए गत वर्षकै जस्तो पुनः आमरण अनसन बस्ने चेतावनी दिइसकेका छन् । ‘हामीलाई रहर लागेको होइन, वाध्यता हो’, कन्दङ्वा भन्छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त