लन्डन । भूकम्पले नेपालीहरुलाई मात्र होइन, संसारभरका विदेशीलाई समेत विक्षिप्त बनायो । विनाशकारी उक्त प्राकृतिक प्रकोपका कारण तड्पिरहेका मानिसहरुले आआफ्नो ठाउंबाट पीडितलाई सहयोग गरे र गर्ने क्रम जारी छ । यसै परिप्रेक्ष्यमा भारतीय मुलकी एक ब्रिटिश युवती अनिता दत्तले एउटा उदाहरणीय सहयोग गरेकी छिन् संगीत र कविताका माध्यमबाट ।
कलकत्ताबाट आएका आफ्ना डाक्टर बाबु आफू १४ वर्षको हुंदा अचानक मृत्यु भएपछि शोकाकुल भएकी अनिताले यसपछिका दिनहरु आफ्नो बाबुको उद्गमस्थल कलकत्ता गई त्यहांको भाषा, संस्कार, संस्कृतिबारे अध्ययन गरिन् । बंगाली भाषा लेखपढ गर्न थालेर क्याब्रीज युनिभर्सिटीबाट डिग्री गरि अहिले उनी यूनिभर्सिटी अफ लन्डनमा एन्थ्रोपोलोजी विषयमा पिएचडी गरिरहेकी छिन् ।
भुईंचालोले तड्पिरहेका नेपालीहरुको घाउमा मलम लगाउन आफू इच्छुक भएपछि अनिताले आफ्नो डिपार्टमेन्ट हेड तथा नेपाली साहित्यका ज्ञाता प्रा. माइकल हटसंग सल्लाह मागिन् । प्रा. हटले जया राई, विकल आचार्य, गोपी सापकोटा, नारायण अधिकारीसंग सम्पर्क गर्नु भनि इमेल दिए । त्यसपछि यिनको सम्पर्क नेपाली श्रष्टाहरुसंग बढ्यो ।
अनिता दत्त र उनका भाइले शनिबार बेलुकी पूर्वी लन्डनको साउथ उडफोर्डस्थित सेन्ट मेरी चर्चमा गाए नेपाली गीत र कविता । उनीहरुले अनेक गीत कविता वाचन गर्दै सबैलाई मुग्ध बनाए । यी दुवैको अदभूत खुबीले सबैको मन तानिहाल्यो । आदिकवि भानुभक्त आचार्यलाई उनको जन्मोत्सव पारेर ल्याइयो चुदी रम्घादेखि लण्डनका मनहरुमा । प्रत्येक व्यक्तिको दश पाउण्ड लगाइएको शुल्क सबै नेपालका भूकम्प पीडितलाई पठाइने कुरा भनेपछि चर्चभित्रका सबैले औधी ताली बजाई नेपालीको दुःखमा एक्येवद्धता जाहेर गरे ।
कार्यक्रममा अन्तर्राष्टिय बांगमय प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले नेपाली साहित्यको चर्चा गर्दै भौगोलिक सिमानाले साहित्यलाई नछेक्ने कुरा गर्दै आफ्नो कविता सुनाएका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले आदिकवि भानुभक्त आचार्यबारे चर्चा
गर्दै घांसीको बखान गरि उनको प्रेरणाले भानुलाई जागरूप बनाएको कुरा रोचक शैलीमा प्रस्तुत गर्दै तीनवटा कविता वाचन गरेका थिए ।
प्रतिष्ठानकी महासचिव जया राईले सबैलाई धन्यबाद दिदै अनिताले नेपालीहरुलाई देखाएकी सदासयताका लागि आभार प्रकट गरेकी थिइन् ।
कार्यक्रमको अर्को रौनक वालिका निहारिका सापकोटाको दुई वटा नृत्यले सबैको मन तानेको थियो । कार्यक्रममा निर्मला सापकोटा, सरिता राई, नारायण अधिकारी लगायत अरुका कविताले हल गुन्जयमान भएको थियो । यस्तो उत्कृष्ट कार्यक्रम गर्ने अनिता दत्तको तारिफ सबैले गरिरहेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते