नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जाने भएका छन् । आठ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका ओलीको तीन महिनामा स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । प्रमुख राजनीतिक दलबीच सहमति बने ओली शुक्रबार साँझको बिमानबाट नयाँ दिल्ली जाने छन् । उच्च स्तरीय राजनीतिक समिति गठन र सविधानका अन्तरबस्तुमा सहमति खोज्न दलहरु सघन छलफलमा जुटेका छन् ।
‘नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार नै दिल्ली जाने योजना थियो । राजनीतिक सहमतिका लागि काठमाडौं रहनु पर्ने भएपछि बिहीबारको टिकट क्यान्सिल गरियो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘शुक्रबार साँझ ६ बजेको टिकट बुक छ। सहमति नजुटे शनिबार मात्रै नयाँ दिल्ली जानु हुने छ ।’ दिल्लीमा ओलीको स्वास्थ्य परीक्षण डा. अनन्त कुमारले गर्ने छन् ।
कुमारले नै आठ वर्षअघि एपोलो अस्पतालमा ओलीको मृगौलाको प्रत्यारोपण गरेका थिए। पछिल्लो सात महिनामा स्वास्थ्योपचारका लागि ओली चौथो पकट विदेश जान लागेको हुन् । यसअघि दिल्लीमा डेढ र बैककमा एक महिना लामो उपचार गरिएको थियो। साउनमा अध्यक्ष निर्वाचित भएपछि उपचारका लागि विदेश जान लागेको दोस्रो पटक हो । यसअघि फङ्गल संक्रमित हातको उपचार गराउन सिंगापुर गएका थिए ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ