लण्डन । गैर आवासीय नेपाली संघ (एनअारएनए) अाइसिसीले एनअारएनए युकेलाई सेप्टेम्बर १५ अगावै राष्ट्रिय समितिको निर्वाचन गराउन निर्देशन जारी गरेको छ ।
अाइसिसीको निर्देशनको हवाला दिँदै युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले आज एनअारएनए युकेलाई पठाएको पत्रमा सो मितिभित्र राष्ट्रिय महाधिवेसन नगराए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेसनमा भाग लिनबाट वन्चित हुनुपर्ने पनि स्मरण गराइएको छ ।
पत्रमा भनिएको छ- ”आज बसेको ४७ औं अाइसिसी बैठकले सबै राष्ट्रिय समन्वय परिषदले १५ सेप्टेम्बर पहिले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्ने भन्ने निर्देशन जारी गरेको साथै समय सिमाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न नगर्ने राष्ट्रिय समन्वय परिषदले विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन नपाईने जानकारी गराउँदै १५ सेप्टबर अगावै यथाशिघ्र मिति तोकी अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान तथा राष्ट्रिय समन्य परिषद महाधिवेशन नियमावली अनुसार राष्ट्रिय महाधिवेशन सम्पन गर्नु हुन हार्दिक अनुरोध छ ।”
स्मरण रहोस् एनअारएनए युकेले महाधिवेसनका लागि सेप्टेम्बर २० को दिन तोकेको छ ।
एनअारएनए युकेका प्रवक्ता अर्जुन कटवालले अाइसिसीको निर्णय आउनु अगावै एनअारएनए युकेले महाधिवेसनको मिति तोकेर हल समेत बुक गरिसकेकोले अाइसिसीलाई सोही मितिमा महाधिवेसन गर्न पाउँ भनी पत्राचार गर्ने बताए ।
”अाइसिसीको निर्णयभन्दा अगावै हाम्रो निर्णय भइसकेकाले हाम्रो हकमा सो निर्देशन लागू हुँदैन । सो मितिभन्दा अगाडि महाधिवेसन गर्न सम्भव पनि छैन । हामीलाई विश्वास छ केन्द्रले पनि हाम्रो अवस्था बुझ्ने छ”, उनले भने ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ