लण्डन । गैरआवासीय नेपाली संघ (एनअारएन) युकेको निर्वाचन मिति नजिकिँदै मुख्य पदहरुमा उम्मेदवारी दाबी गर्न थालिएको छ ।
वर्तमान कार्यसमितिका प्रबक्ता अर्जुन कटुवालले उपाध्यक्ष पदमा उम्मेदबारी दिने घोसणा गरेका छन् । कटवालले कार्यालय सचिव र प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । आफ्नो कार्यकालमा कार्यालय स्थापना, एमआरपी पासपोर्ट र इमिग्रेशनका सूचनाहरु, क़ानूनी सल्लाह, स्वास्थ्य शिविर संचालन, स्वास्थ्य अवस्थाको सर्भेक्षण, कला र संस्कृतिको संरक्षण जस्ता सेवादायी कार्यक्रमहरु गर्न सकिएको उनले दाबी गरेका छन् ।
यूके नेपाल फ्रेंडशिप सोसाइटीका कोषाद्यक्षसमेत रहेका कटुवालले एनआरएनले स्थानीय संघ-संस्थाहरुसँग साझेदारीमा संयुक्त रुपले काम गर्ने धारणा अगाडि सारेका छन् । बेलायत र नेपालको २०० वर्षको कुटनैतिक सम्बन्ध स्थापना भएको अवसरमा अन्तर्राष्ट्रिय नेपाल- बेलायत कला प्रदर्शनी र नेपाल एयर एम्बुलेंस सेवाको थालनी गर्ने एनआरएनमा वेलफेयर फण्ड (अक्षय कोष) को ब्यबस्था गर्ने कटवालको योजना छन् ।
यसैगरी किरात याक्थुङ चुम्लुङ युकेका पूर्व महासचिव विजयविक्रम लिङदेनले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ताप्लेजुङ समाज युके, अक्सफोर्ड नेपाली समाज, किरात धर्म तथा साहित्य मन्च, हङकङ नेपाली मन्चका सल्लाहकार रहेका लिङदेन हङकङमा रहँदा ताप्लेजुङ सोसाइटीका अध्यक्ष र फियोनाका सदस्य रहेका थिए ।
एनअारएनलाई ब्यवस्थित बनाउने हालसम्म असरल्ल रहेको सदस्यता विवरणलाई संस्थागत बनाउने एनआरएनहरु नेपाल जाँदा बिदा मनाउन होइन आफ्ना अधिकार खरो रुपमा उठाउने उनको योजना छ । उनी आफू कुनै पार्टि र प्यानलमा पनि आवद्ध नभइ स्वतन्त्ररुपले उम्मेदवारी दिएको उनले प्रष्ट्याए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ