फानवरो । रसमोर फायर एण्ड रेस्क्यू सर्भिस् र ग्रेटर रसमोर नेपाली कम्युनिटीको संयुक्त पहलमा अल्डरसटका नेपाली व्यवसायीलाई फायर
सेफ्टी र म्यानेजमेन्ट विषयमा अनुशिक्षण तालिम दिइएको छ ।
१६ जुलाई २०१५ बिहीबार प्रशिक्षण भएको हो ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापासहित कार्यसमिति निर्णयले वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेलाई व्यवसायी र रसमोर फायर एण्ड रेस्क्यू सर्भिस्बीच समन्वय गराई तालिम सञ्चालन गराउने जिम्मा दिइए अनुरुप प्रशिक्षण भएको हो ।
रसमोर फायर एण्ड रेस्क्यू सर्भिस्का फायर इन्स्पेक्टर ग्यारी विल्ट्शेर, बिजिनेस् सपोर्ट अफिसर नयना पार्मर र वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेको सक्रियतामा सम्पन्न उक्त तालिममा आगलागीका लागि तीन कुरा इन्धन, ताप र अक्सिजन आवश्यक हुने र ती तीन कुराको मिलन हुन नदिनु नै आगलागीको रोकथाम भएको जानकारी दिइयो ।
तालिममा अल्डरसटस्थित निरमाया रोधीघर रेष्टुरेन्ट, ओजोन बफेट रेष्टुरेन्ट, लेकाली रेष्टुरेन्ट, क्वालिटी सुपर स्टोर, बुद्ध स्टोर, दिप ज्वेलर्स, निशा हेयर एण्ड ब्युटी र मालिन्गो रेष्टुरेन्ट लगायत सहभागी थिए ।
तालिममा व्यवसायीले आगलागीको सचेतता र यसको रोकथाम एवं आगलागी भइहालेमा गर्नुपर्ने व्यवहारिक एवं कानुनी प्रक्रिया साथै फायर रिस्क एसेसमेन्ट विषयमा ज्ञान दिइएको थियो ।
तालिमको अन्त्यमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट वरिष्ठ उपाध्यक्ष बेल्बासेले व्यवसायी र रसमोर फायर एण्ड रेस्क्यू सर्भिसलाई धन्यवाद दिए । सो क्रममा फायर एण्ड रेस्क्यू सर्भिस्का फायर इन्स्पेक्टर ग्यारी विल्ट्शेर र बिजिनेस सपोर्ट अफिसर नयना पार्मरले ब्यवसायीहरुलाई आगामी दिनमा मन, वचन र कर्मले सहयोग गर्ने वचन दिएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते