फानवरो । रसमोर फायर एण्ड रेस्क्यू सर्भिस् र ग्रेटर रसमोर नेपाली कम्युनिटीको संयुक्त पहलमा अल्डरसटका नेपाली व्यवसायीलाई फायर
सेफ्टी र म्यानेजमेन्ट विषयमा अनुशिक्षण तालिम दिइएको छ ।
१६ जुलाई २०१५ बिहीबार प्रशिक्षण भएको हो ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापासहित कार्यसमिति निर्णयले वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेलाई व्यवसायी र रसमोर फायर एण्ड रेस्क्यू सर्भिस्बीच समन्वय गराई तालिम सञ्चालन गराउने जिम्मा दिइए अनुरुप प्रशिक्षण भएको हो ।
रसमोर फायर एण्ड रेस्क्यू सर्भिस्का फायर इन्स्पेक्टर ग्यारी विल्ट्शेर, बिजिनेस् सपोर्ट अफिसर नयना पार्मर र वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेको सक्रियतामा सम्पन्न उक्त तालिममा आगलागीका लागि तीन कुरा इन्धन, ताप र अक्सिजन आवश्यक हुने र ती तीन कुराको मिलन हुन नदिनु नै आगलागीको रोकथाम भएको जानकारी दिइयो ।
तालिममा अल्डरसटस्थित निरमाया रोधीघर रेष्टुरेन्ट, ओजोन बफेट रेष्टुरेन्ट, लेकाली रेष्टुरेन्ट, क्वालिटी सुपर स्टोर, बुद्ध स्टोर, दिप ज्वेलर्स, निशा हेयर एण्ड ब्युटी र मालिन्गो रेष्टुरेन्ट लगायत सहभागी थिए ।
तालिममा व्यवसायीले आगलागीको सचेतता र यसको रोकथाम एवं आगलागी भइहालेमा गर्नुपर्ने व्यवहारिक एवं कानुनी प्रक्रिया साथै फायर रिस्क एसेसमेन्ट विषयमा ज्ञान दिइएको थियो ।
तालिमको अन्त्यमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट वरिष्ठ उपाध्यक्ष बेल्बासेले व्यवसायी र रसमोर फायर एण्ड रेस्क्यू सर्भिसलाई धन्यवाद दिए । सो क्रममा फायर एण्ड रेस्क्यू सर्भिस्का फायर इन्स्पेक्टर ग्यारी विल्ट्शेर र बिजिनेस सपोर्ट अफिसर नयना पार्मरले ब्यवसायीहरुलाई आगामी दिनमा मन, वचन र कर्मले सहयोग गर्ने वचन दिएका थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ