लन्डन । चर्चित अंग्रेजी चलचित्र ‘हाइवे टु धम्पुस’ यही शनिबार पश्चिम लण्डनको हन्सलोस्थित पल रोबसन थियटरमा प्रदर्शन गरिन लागेको छ।
अहिलेसम्म व्यावसायिकरुपमा रिलीज भैनसकेको उक्त चलचित्र नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ चलचित्र निर्माता अमेरिकी कम्पनी फिफ्टी फिल्म्स तथा माइन्ड द ग्याप वर्ल्डवाइडले निशुल्क प्रदर्शनकालागि अनुमति दिएका हुन्।
ब्रिटेनस्थित नेपालीहरुद्वारा स्थापित स्वयमसेवी संस्था आइसहारा नेपालको सहयोगमा शनिबार अपरान्ह (जुलाई १८ तारिख ) पाँचबजेदेखि उक्त चलचित्र प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन्। थियटरको ढोका साढेचार बजेदेखि नै खुल्नेछ।
नेपालको चर्चित अन्नपूर्ण पहाडी श्रृंखलाको सुन्दर पृष्ठभूमिमा छायांकन गरिएको उक्त चलचित्र म्याड्रिड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चारवटा पुरष्कारकालागि मनोनयन गरिनुका साथै ‘बेस्ट फिचर फिल्म’ तथा ‘बेस्ट एक्ट्रेस’ पुरस्कार पाउन सफल भएको थियो।
उक्त चलचित्रमा अभिनेत्रीको भूमिकामा खेलेकी राचेल हर्ड उडले चलचित्र छायांकनका क्रममा नेपालको सौन्दर्य र स्थानीय गाउँलेहरुको आतिथ्यले आफ्नो मनै छोएको बताइन्। “उक्त फिल्ममा खेल्न पाउनु मेरो लागि सौभाग्य हो,” उनले भनिन्।
रिक म्याकफरल्याण्डद्वारा निर्देशित सो चलचित्रमा राजबल्लभ कोइराला तथा सुइशा राणाले पनि अभिनय गरेका छन्।
चलचित्रको टिकट दर www.yapsody.com बाट किन्दा १२.९९ र सोही दिन थियटरमै गएर किन्दा १५ पौण्ड लाग्नेछ।
“चलचित्रको प्रदर्शनबाट उठेको रकम भूकम्पबाट क्षतिग्रस्त भएको धादिङस्थित नारायण प्राविको पुनर्निर्माणमा सघाउने हामीले योजना बनाएका छौं,” आइसहारा नेपालका एकजना पदाधिकारी डा आशीषकिरण श्रेष्ठले भने । उनले आफ्नो परिवार र ब्रिटिश तथा नेपाली मित्रहरु सहित चलचित्र हेर्न आउन सबै नेपाली समुदायलाई आग्रह पनि गरे।
चलचित्र प्रदर्शन हुने स्थल:
Paul Robeson Theater, The Treaty Shopping Center,
Treaty Center, High Street Hunslow, TW3 1ES
थप जानकारीका लागि सम्पर्क:
रोजी श्रेष्ठ 07872301990
डा आशीष किरण श्रेष्ठ 07960121233
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने