आयरल्याण्ड (वेलफास्ट) । नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो भारतीय नागरिक डा. अइजाज बसिर असाइ यौन दुर्व्यवहारको आरोपमा पक्राउपछि जमानतमा रिहा भएका छन् ।
गत मंगलबार आयरल्याण्डस्थित नेपाली क्रिकेट टिमसहित आफू बसिरहेको ला मोन होटलमा मसाज गराउने क्रममा असाइले नियतवश महिलालाई समातेको आरोप छ ।
ट्वान्टी–२० विश्वकप छनौट खेल खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा छ । ट्वान्टी–२० छनौटकै लागि असाइ फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए ।
मंगलबार पक्राउ परेका असाइलाई एकरात कष्टडीमा राखिएपछि बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्ट उपस्थित गराइएको थियो । उनलाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको स्थानीय वेलफास्ट टेलिग्राफले जनाएको छ । अदालतमा नेपाली क्रिकेट टिम र इभेन्ट लियजो म्यानेजर क्रिष्टोफर इलियोट पनि सहभागी थिए ।
प्रहरीका अनुसार, डा. असाइले महिलालाई पुरा शरीर मसाज गराउन लगाएको र त्यतिबेला उनी भित्री वस्त्र (अन्डर वेयर) विहीन थिए । उनले लगत्तै ति महिलासंग होटल म्यानेजरकै अगाडि माफी माग्दै १० पाउण्ड टिप्स दिएका थिए तर ति महिलाले टिप्स् लिन अस्वीकार गरेको समाचारमा उल्लेख छ ।
जिल्ला उप न्यायधिश जोय राइस असाइलाई नेपाली टोलीको जमानीमा २५ सय पाउण्ड लिएर धरौटीमा रिहा गरेका छन् । असाइको मुद्दा नटुंगिउन्जेल होटल खर्च व्यहोर्ने र उनको धरौटीको जमानी बस्न नेपाली टोली सहमत भएको छ ।
अदालतले असाइलाई प्रत्यक्षदर्शीसंग भेट्न प्रतिवन्ध लगाएको छ भने सातामा तीन पटक प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै उनको राहदानी समेत बुझाउन आदेश दिएको छ । उनको मुद्दाको अर्को सुनुवाई १२ अगष्टमा हुने समाचारमा छ ।
पूर्वी मुम्बइस्थित ठाकुर गाउं निवासी असाइ भारतमा नाम चलेका फिजियोथेरापिष्ट हुन् । उनले भारतीय ठूला क्रिकेट स्टारहरुसंग समेत काम गरिसकेका बताइएको छ ।
यसैबीच, उनलाई नेपाल क्रिकेट संघ (क्यान) ब्यवस्थापनको बिहीबार बसेको बैठकले बर्खास्त गरेको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?