लन्डन । रोयल अल्बर्ट हलमा कन्सर्ट गर्न आएका कलाकार मध्ये वरिष्ठ गायकहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट र योगेश्वर अमात्य सम्मानित भएका छन् ।
पासा पुचः गुठी रेडिङले उनीहरुलाई थेम्स् भ्याली पार्कमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो । तीन गायकलाई गुठीकी ज्येष्ठ सदस्य विष्णुमाया कायस्थले दोसल्ला ओढाएर सम्मान गरिन् भने पासा पुचः गुठी यूकेका अध्यक्ष महन्त श्रेष्ठले सम्मान पत्र दिए ।
सम्मान ग्रहणपछि गायक विष्टले विदेशी भूमिमा स्वदेशीहरुबाट सम्मान पाउनु गौरवको कुरा भएको बताए । उनले नेवारी भाषामा मन्तव्य राख्दा सहभागी आश्चर्यचकित भएका थिए ।
कार्यक्रममा पासा पुचः गुठी रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वागत मन्तव्य दिए भने गुठीका महासचिव शिवजी श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै भाषा र सीमाको वन्धन नरहने सांगीतिक क्षेत्रका नक्षत्रहरुको सम्मानले संस्थाकै गरिमा बढेको जनाए ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने