लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले संघभित्र भएको भनिएको आर्थिक अनिमियतता छानवीन गर्न गठित समितिको प्रतिवेदनलाई अपुरो भनेको छ । आइतबार आफ्नै कार्यालयमा बसेको बैठकले गत साता इमेलमार्फत सार्वजनिक गरिएको कमल गुरुङ संयोजक रहेको प्रतिवेदनलाई अपुरो ठहर गरेको हो । बैठकले प्रतिवेदनलाई पूर्णता दिन लेखा परिक्षकको जिम्मा लगाउने निर्णय गरेको एनआरएनए यूकेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उता, बैठकले निवर्तमान अध्यक्ष योगेन क्षेत्रीलाई १५ अगस्ट सम्मको समयसीमा दिंदै उक्त समय सीमासम्म खातापाता नबुझाए उनलाई एनआरएनए यूकेको संरक्षकबाट हटाइने निर्णय समेत गरेको छ ।
बैठकले निर्धारित मिति भन्दा दुई साता पछि सार्दै आगामी २० सेप्टेम्बर २०१५ आइतबार साउथ इष्ट लन्डनमा कार्यसमिति निर्वाचन गर्ने निर्णय गरेको छ । अब सदस्यता बन्ने र नवीकरण गर्ने समय सीमा पनि १५ अगष्ट,२०१५ सांझ ६ बजे सम्म बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले डा. राघव धितालको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसमा एनआरएनए यूकेका पूर्व महासचिव रामशरण सिम्खडा सदस्यसचिव र सदस्यहरुमा डा चन्द्र लक्सम्बा, विश्वआदर्श पण्डित, भक्त गुरुङ, पूर्ण लक्सम र शिवजी श्रेष्ठ छन् । संरक्षक परिषदका सबै सदस्य र बेलायतबाट आइसीसीमा प्रतिनिधित्व गर्ने सबै सदस्य सम्मिलित अनुगमन समिति पनि गठन गरिएको संघले जनाएको छ । बैठकले प्रा. डा. सूर्य सुवेदीको संयोजकत्वमा इलेक्सन कम्प्लेन्ट्स कमिसन गठन गरेको छ जसमा डा. पदम सिंखडा, सोलिसिटर राजु थापा, डा. हेमराज शर्मा, जया राई, सुरेशजंग शाह, हितमान गुरुङ, सुमन खरेल, उमेश मोक्तान र नरेन्द्र कंडेल सदस्य छन् । सो कमिसनले सदस्यतासम्बन्धि कुनै पनि गुनासो र उजुरीबारे छानवीन गर्ने बताइएको छ ।
त्यस्तै बैठकले गणेश इजामको संयोजकत्वमा विधान संशोधन समिति बनाउने निर्णय गरेको छ, जसमा फणिन्द्र भट्टराई र उत्तरमान तिगेला सदस्य छन् ।
बैठकले एनआरएन यूके महासचिव आर के त्रिपाठीलाई नेपालमा हुने सिस्मिक डिजाइन अर्थक्वेक मोडल बेलायतको अनुसन्धान रिसर्च प्रस्तुत गर्न तीन साताका लागि नेपाल पठाउने र नेपालमा भवन विभाग, इन्जिनियर्स एसोसिएसनको प्रविधिकहरुसंग प्रस्तुत गर्ने निर्णय गरेको छ ।
बैठकमा महाविनाशकारी भूकमको मारमा परेका कार्यसमिति सदस्य बुद्धि थापा मगरको अनुरोधमा दुई हजार पाउण्ड संकलन गरि मिलान टोल सुधार समिति मार्फत आर्थिक सहयोग गर्ने निर्णय भएको छ । बैठकमा कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आइसीसी सदस्यहरु सुस्मा राई, विनोद ज्ञवाली, थर्क सेन र विजन भट्ट लगायत उपस्थित सबैलाई अध्यक्ष महेन्द्र कंडेलले धन्यवाद दिएका थिए ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध