नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र

लन्डन । नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने र उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गरेका हुन् ।

‘ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको छ ।

उद्घाटन सत्रअघि मगर समुदायको मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने सांस्कृतिक र्‍याली भृकुटीमण्डपबाट सुरु भएर पुतलीसडक हुँदै कमलादी पुगेर सभामा परिणत भएको थियो ।

देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, नौ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहेको संघले जनाएको छ । महाधिवेशनको बन्दसत्र भने जेठ ९ र १० गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ ।

वि.सं. २०३९ फागुन १५ गते स्थापना भएको नेपाल मगर संघले ऐतिहासिक आन्दोलन र सामाजिक एकताको माध्यमबाट मगर समुदायलाई संगठित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री