
काठमाडौं । नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा तीन दिनसम्म चलेको घेदुङको १० औं महाधिवेशनले ब्लोनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षमा विजयी ब्लोनले ३०६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कुमारसिंह घिसिङले ९८ मत प्राप्त गर्नुभयो ।

रामकृष्ण ब्लोन तामाङ, नवनिर्वाचित अध्यक्ष
सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध निर्वाचित हुनुभयो भने वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन तामाङ निर्वाचित हुनुभयो ।
खुलातर्फ ५ उपाध्यक्षमा काजीमान थिङ, दिनेशकुमार लो, पासाङदोर्जे लामा, प्रेम लो तामाङ, रुपबहादुर योञ्जन निर्वाचित हुनुभयो महिला उपाध्यक्षमा दिना लामा र बिना माम्बा तामाङ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा लीलाकुमार घलान निर्विरोध निर्वाचित हुनुभएको भएको छ । नवनिर्वाचित कार्यसमितिलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त अधिवक्ता कुन्साङ योन्जनले पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो । घेदुङको महाधिवेशन शुक्रबारदेखि सुरु भएको थियो ।
विस्तृतमा हेर्नुहोला परिणाम





विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते