
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा आयोजना हुने तीन दिने वज्रसत्व महासाधनाका लागि धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे लन्डन आएका छन् ।
बीसीसी यूकेले यही मे २९ देखि ३१ तारिखसम्म अल्डरसटस्थित गुम्बामा आयोजना गर्ने वज्रसत्व महासाधनामा सहभागी हुन रिन्पोछे मंगलबार लन्डन आइपुगेका हुन् । उनको स्वागतका लागि बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, खेन्पो यन्तेन, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा प्रमुख शारदा गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ तथा समाजसेवीहरू मिन गुरुङ र तर्कजंग गुरुङ हिथ्रो विमानस्थल पुगेका थिए ।
त्यस्तै, उनलाई सोही दिन बीसीसी यूकेका महासचिव कुमार गुरुङ एमभिओ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, समाजसेवी क्याप्टेन बुद्ध गुरुङलगायतले बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा पनि स्वागत गरेका थिए ।
वज्रसत्व महासाधनालाई अत्यन्त गम्भीर, पवित्र तथा सामूहिक वज्रयान साधनाका रूपमा लिइन्छ । यो एक सय यिदम कुलपति वज्रसत्वको साधना पनि हो, जुन महान् तेर्तोन तेर्दग लिङ्पाद्वारा प्रकाशित अमूल्य निधि उपदेश मानिन्छ । यसको मूल स्रोत गुरु पद्मसम्भवलाई मानिएको छ । महासाधनामा मण्डल निर्माण, तोर्मा तथा विविध अर्पणको व्यवस्था, दिनमा चार सत्रसम्म साधना, निरन्तर मन्त्रजप, ध्यान तथा मुद्राहरूको अर्पणसहित सम्पूर्ण विधिपूर्वक अभ्यास गरिनेछ ।

वज्रसत्व महासाधनालाई महायोग, अनुयोग र अतियोग–तीनै आन्तरिक तन्त्रहरूको सार समेटिएको अत्यन्त शक्तिशाली साधनाका रूपमा व्याख्या गरिन्छ । विशेषगरी वर्तमान पतित युगमा पाप शुद्धि, समया शुद्धि, पुण्य सञ्चय तथा शीघ्र आशीर्वाद प्राप्तिका लागि यो दुर्लभ र अनुपम अवसर मानिएको छ ।
दोर्जे लोपन लुङ्गरिक रिन्पोछेको अगुवाइमा सञ्चालन हुने उक्त ३ दिने वज्रसत्व महासाधनामा सहभागिता जनाउनु वर्षौंको एकान्त साधनासरह पुण्यदायी मानिने विश्वास छ ।
यस दुर्लभ महाशुद्धि साधनामा सहभागी हुन सम्पूर्ण श्रद्धालु तथा साधकहरूलाई आयोजक बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं साधना संयोजक मेजर खुशीमान गुरुङले हार्दिक अनुरोध गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते