
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरुको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ । उहाँले संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
यसैगरी चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सीप हस्तान्तरणको नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकहरूलाई नै निरुत्साहित गर्नु गलत अभ्यास हो ।’
‘एक पटकको नेपाली, सधैँको नेपाली’ मूलमन्त्रलाई व्यवहारमा लागू गर्दै डायस्पोराको योगदानलाई सम्मान गर्ने र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
एकतर्फी भन्दा पनि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न र लाइसेन्स खारेज गरेका चिकित्सकहरुको बारेमा पुनर्विचार गर्न पनि एनआरएनएले आग्रह गरेको छ । मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेको भन्दै वैशाख ११ गते १७ जना र वैशाख १८ गते १९ जना गरी ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेको सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित गरेको थियो ।

विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
मध्यपूर्वमा तनाव उत्कर्षमा : बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाद्वारा तत्काल तनाव कम गर्न आग्रह
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग