
लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित हुनुभएको छ ।
अल्डरसटमा आइतबार भएको आठौं अधिवेशनले मञ्जुको नेतृत्वमा समाजको नवौं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । उहाँले यसअघि समाजको उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्तालगायतका महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएकी छ ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे उपाध्यक्ष, महलाल घिमिरे महासचिव, राधा खरेल सचिव, अर्जुन बस्नेत कोषाध्यक्ष र माया केसी सह–कोषाध्यक्ष निर्वाचित भए भने प्रवक्ताको जिम्मेवारी सुरेश केसीले पाउनुभएको छ ।
कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने तथा सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
समाजका सल्लाहकार मीन दर्लामीको संयोजकत्वमा मतिप्रसाद पुन र राजेन्द्र श्रेष्ठ सम्मिलित निर्वाचन समितिले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै शपथग्रहण गराएको थियो।
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, निवर्तमान अध्यक्ष रुद्र थापालगायतले बधाई तथा शुभकामना दिंदै आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका राजनीतिज्ञ एवम् समाजसेवी सुरेशचन्द्र भुषाल, समाजका सल्लाहकारहरु विनोद ज्ञवाली, कृष्ण भण्डारीलगायतले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे चीन र भारतलाई कूटनीतिक नोट पठाइयो
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
आङ्ल—गोरखा युद्धको कथा
तमु समाज यूकेद्वारा २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने