मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]

लन्डन । मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिता राना मगरको पहलमा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि ८ लाखभन्दा बढी सहयोग संकलन भएको छ ।

नेपाल मगर सांस्कृतिक संघको आयोजनामा तनहुँको ऋषिङ गाउँपालिका – झापुटारमा यही वैशाख ४ र ५ गतेका लागि तय भएको सम्मेलनका लागि यूकेमा मात्र ८ लाख १० हजार रुपैयाँ संकलन भएको हो । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले अनितालाई युके संयोजकको जिम्मेवारी दिएको थियो ।

कौराहा नृत्य मगर समुदायको इतिहास र सभ्यतासँग जोडिएको महत्वपूर्ण मौलिक संस्कृति भएकाले यसको संरक्षणका लागि अभियानस्वरूप आर्थिक सहयोग जुटाइएको संयोजक रानामगरले बताउनुभयो सामाजिक सञ्जाल र टेलिफोनमार्फत सहयोगको अपिल गरेपछि उत्साहजनक साथ प्राप्त भएको उहाँको भनाइ छ । उहाँले संकलित रकम सम्मेलनका क्रममा चेकमार्फत हस्तान्तरण गरिने जानकारी पनि दिनुभएको छ ।

कसले कति दिए ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री