
लन्डन । बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्यु दम्पतीले पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गराउनुभएको छ ।
ईम्बुङ घर भई हाल बेलायतमा बस्ने शुभ र काजीले आइतबार विद्यालयमा एक समारोहबीच केबीडी (कुवेरसिं, बुद्धमाया, धनमाया) अक्षय कोष स्थापनाका लागि प्रधानाध्यापक अमित सुब्बालाई रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वयोवृद्ध सार्जन्ट ९२ वर्षीय कुबेरसिं नेम्बाङ र उहाँकी धर्मपत्नी बुद्धमाया जबेगु नेम्बाङ, छोरा मनोक्रान्ति योद्धा तथा सामाजिक अभियन्ता गजेन्द्रराज नेम्बाङ र उहाँकी धर्मपत्नी सविता तुम्बापो नेम्बाङ, छोरी मिना नेम्बाङ, विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो ।
अक्षयकोष रकम बापतको ब्याजबाट जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक अमित सुब्बाले जानकारी दिनुभयो । उहाँले अक्षय कोष निर्माणका निमित्त सहयोग गर्ने शुभ नेम्बाङ र काजी साम्युलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
अक्षय कोष स्थापना भएकोमा खुसी व्यक्त गर्दै प्रअ सुब्बाले थप सहयोगको निम्ति अपिल पनि गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका तर्फबाट कुबेरसिं नेम्बाङ र उहाँकी धर्मपत्नी बुद्धमाया जबेगु नेम्बाङ, छोरा मनोक्रान्ति योद्धा तथा सामाजिक अभियन्ता गजेन्द्रराज नेम्बाङ र उहाँकी धर्मपत्नी सविता तुम्बापो नेम्बाङ, छोरी मिना नेम्बाङ, अक्षय कोष रकम दाता शुभ नेम्बाङ र काजी साम्युलाई सम्मान गरिएको थियो ।
शुभ नेम्बाङ किरात याक्थुङ चुम्लुङ यूकेको महिला कमिटीको महासचिव, केवाईसी युथ फोरमको कोषाध्यक्ष हुनुहुन्छ । उहाँले यसअघि ताप्लेजुङको खवाङस्थित गणेश माविमा पनि ५ लाखको अक्षय कोष स्थापना गरिदिनुभएको थियो । त्यसबाहेक बेलायत र नेपालमा विभिन्न सहयोगलाई निरन्तरता दिँदै आइरहनुभएको छ । उहाँका श्रीमान् काजी साम्यु किरात याक्थुङ चुम्लुङ (केवाईसी) आसफोर्ड शाखाको पूर्वउपाध्यक्ष हुनुहुन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते