
लन्डन । ए-स्टार फाइनान्सियल सलुशन्स युके तथा ए-स्टार मोर्गेजेज युकेसँगको सहकार्यमा नेपाल बास्केटबल यूकेले आयोजना गर्न लागेको ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ आइतबार (१५ मार्च) देखि सुरु हुन लागेको छ । आयोजकका अनुसार लिगको फाइनल खेल ४ जुलाई २०२६ मा सम्पन्न हुनेछ।
यसपटक पुरुषतर्फ ११ टिम र महिलातर्फ ३ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ प्रत्येक टिमले १० वटा लिग खेल खेल्नेछन्। लिग चरणपछि क्वार्टर–फाइनल, सेमिफाइनल र फाइनल खेलहरू आयोजना गरिनेछ।
महिलातर्फ भने ‘होम एण्ड अवे’ प्रणालीअनुसार प्रत्येक टिमले २–२ खेल खेल्नेछन् र त्यसपछि फाइनल खेल हुनेछ। लिगदेखि सेमिफाइनलसम्मका खेलहरू फेल्थाम स्प्रिङवेस्ट एकेडेमी र अल्डरशट ग्यारिसनमा सञ्चालन गरिनेछन् भने फाइनल खेल ब्रुनेल विश्वविद्यालयमा आयोजना गरिने आयोजकले जनाएका छन् ।
हालै प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता सुदृढ गर्नु रहेको बताए।
उक्त लिग आयोजना गर्न विमेन्स बलर्स क्लब (डब्लुबीसी)सँग पनि सहकार्य भैरहेको गुरुङले जनाए। उनले प्रमुख प्रायोजक ए-स्टारलगायत सबै प्रायोजकहरुलाई धन्यवाद पनि दिए ।
नेपाल बास्केटबल लिग २०२६ का कोअर्डिनेटर तथा कोच सार्थक गुरुङले हरेक आइतबार पाँचवटा गेम संचालन हुने, टप आठ वटा टोली नकआउटमा पुग्ने र त्यस पछि क्वार्टर फाइनल, सेमीफाइनल्स र फाइनल प्रतियोगिता हुने जनाए । उनले गत जनवरी महिनामा नेपाल बास्केटबल यूकेले अन्डर २३ टुर्नामेन्ट आयोजना गरेको र प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका युवाहरुको सहभागिताबाट आफूहरु निकै उत्साहित भएको बताए ।
सुरुदेखि नै लिगको प्रमुख प्रायोजक रहँदै आएको ए-स्टार फाइनान्सियल सलुशन्स यूकेका प्रबन्ध निर्देशक मीन दर्लामीले बेलायतमा रहेका नेपाली युवायुवतीका लागि एक प्लेटफर्म सृजना गरी बास्केटबलमार्फत उनीहरुको व्यक्तित्व विकासमा सघाउने उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए-स्टारले निरन्तर सहयोग पुर्याउँदै आएको पनि दर्लामीले जनाए ।
सन् २०११ मा स्थापना भएको ए-स्टार फाइनान्सियल सलुशन्सले बेलायतमा बसोबास गर्ने नेपाली लगायत अन्य समुदायलाई मोर्गेज, रियल एस्टेट, बिमा, विललगायतका सेवाहरु प्रदान गर्दै आएको छ । सो कम्पनीले नेपाली समुदायद्वारा आयोजित रचनात्मक काममा सक्दो सहयोग पनि गर्दै आएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता