लण्डन । डार्टफोर्ट नेपाली समाज युकेले भुकम्प पीडित नेपालीको सहयोगका लागि करिब साढे ६ हजार पाउण्ड प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
समाजले आइतबार एक समारोहको आयोजना गरी बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई सो रकम हस्तान्तरण गरेको हाे ।
समाजका अध्यक्ष चन्डिका भट्टको अध्यक्षता र महासचिव इन्जिनियर राजेश पाठकको संचालनमा भएको सो कार्यक्रममा भुकम्पमा ज्यान गुमाएकाहरु प्रति एक मिनेट मौनधारण पनि गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले कोषको सही सदुपयोगका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा क्षेत्रीले समाजलाई धन्यवाद दिँदै संकलित सहयोग वास्तविक पीडितहरु समक्ष पुग्ने वचन दिएका थिए ।
काउन्सिलर बच्चुकैलाश कैनी टम म्याडिसन र एलेन आनले पनि भुकम्पमा प्रभावितहरुप्रति सहानुभूति व्यक्त गरेका थिए ।
सहयोग जुटाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सो अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।
समाजले व्यक्ति तथा संस्थासित सहयोग संकलन गरेको थियो यसैगरी च्यारिटी डिनर र दानपात्र थापेर पनि सहयोग उठाइएको थियो ।
समाजलाई डार्टफोर्ट बोरो काउन्सिलबाट १ हजार पाउण्ड शिख मन्दिर डार्टफोर्टबाट ९८० पाउण्ड र बप्टिस्ट चर्च हाइफिल्ड रोड डार्टफोर्टबाट ५०० पाउण्ड सहयोग दिइएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा