
लन्डन । बेलायतमा निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको शव नेपाल पठाउनका लागि थालिएको चन्दा अभियानमा साढे १० हजार पाउन्ड संकलन भएको छ ।
‘गो फण्ड मी’मार्फत सोमबार बिहानसम्म १० हजार ५५८ पाउन्ड रकम संकलन भइसकेको एनआरएनए युकेले जानकारी दिएको हो । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले चन्दा संकलन अभियान बन्द गरिएको समेत जानकारी गराउनुभयो ।
‘हामीले स्व मण्डलको परिवारको अनुरोधमा सहयोग संकलन अभियान सुरु गरेका थियौं । सोमबार बिहानसम्म ‘गो फण्ड मी’मार्फत १० हजार ५ सय ५८ पाउन्ड सहयोग रकम संकलन भइसकेको छ । त्यसैले सहयोग संकलन अभियान बन्द गरिएको जानकारी गराउन चाहन्छौं,’ अध्यक्ष राजेन्द्र पुडासैनीले भन्नुभयो । उहाँले यो मानवीय अभियानमा सहयोग गर्ने युकेवासी सम्पूर्ण नेपाली समुदायप्रति कृतज्ञता पनि व्यक्त गर्नुभएको छ ।
कानुनी प्रक्रिया पूरा भएपछि आउँदो साता शव नेपाल पठाउने योजना बनाइएको पुडासैनीले बताए । ‘अस्पतालको कोरोनर विभागले ‘आउट अफ इंग्ल्यान्ड’ सर्टिफिकेट जारी गरेपछि नेपाली दूतावास लन्डनबाट अनुमति लिएर शव पठाउने योजना छ’, उहाँले भन्नुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिका – १० सप्तरी निवासी २२ वर्षीय मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा गत सोमबार निधन भएको थियो । श्वासप्रश्वासमा एक्कासी समस्या आएपछि मण्डल अस्पताल भर्ना हुनुभएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो ।
सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्र्याजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित हुनुहुन्थ्यो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]