
काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली गीतकार सङ्घले गीत, सङ्गीतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सात स्रष्टालाई सम्मान गर्ने घोषणा गरेको छ । अमेरिकाको पेन्सल्भेनियामा आयोजना हुने सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँहरूलाई सम्मान गरिने सङ्घका संस्थापक अध्यक्ष डा हरि उप्रेतीले जानकारी दिनुभयो ।
गीतकार एवं कवि दिनेश अधिकारीलाई ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । बर्सेनि गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना स्रष्टा/कलाकारलाई उक्त सम्मान प्रदान गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।
संस्थापक अध्यक्ष डा उप्रेतीका अनुसार नेपालतर्फ पुरू लम्साललाई गीतकार सम्मान, तृप्ती खड्कालाई सङ्गीत सम्मान र यशोधा पराजुलीलाई गायन सम्मान प्रदान गरिने छ ।
डायसपोरातर्फ अमेरिकाका सबु गदाल कार्कीलाई डायसपोरा गीतकार सम्मान, डम्बर खापुङ सुब्बालाई डायसपोरा गायन सम्मान तथा अगम गुरुङलाई डायसपोरा लोक सङ्गीत सम्मान प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
संस्थापक अध्यक्ष उप्रेतीका अनुसार सम्मेलन नेपाली गीत, सङ्गीत, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै आयोजना हुन लागेको हो । सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली सर्जकहरूलाई एउटै साझा मञ्चमा जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’