
लन्डन । लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन हुनुभएको छ ।
समाजको २४ जनवरी २०२६ मा आस्फोर्डमा भएको छैटौं अधिवेशनले विजयको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षहरुमा दिलु मादेन, सृजना सम्बाहाङफे र लाहाङ चेम्जोङ, सचिव ज्ञानु फुरुम्बो चरपे, सहसचिव योबाहाङ तुम्बाहाङफे, कोषाध्यक्ष सुन्दर लिङथेप, सहकोषाध्यक्ष टिका मादेन चुनिनुभयो ।
यस्तै लिम्बुवानी सम्पदा तथा सांस्कृतिक विभागीय प्रमुख र उपप्रमुख क्रमश: भगवती थलङ र कमल अन्छङबो निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा जितेन्द्र चेम्जोङ, शुभ नेम्बाङ, बिना योङहाङ, दिल फोम्बो, दिल लाबुङ, सुरेन्द्र थेबे, रिता इजम, उर्मिला थक्लुङ, बिजय पयाङगु, प्रताप लिम्बु, थान नाल्बो, निरज माबोहाङ, रितु नाल्बो र महेश लिम्बु निर्वाचित हुनुभएको छ ।
नयाँ कार्यसमिति चयनका लागि संयोजक नरेन्द्र माबोहाङ, सचिव राजेन्द्र खिम्दिङ र सदस्य मनमाया नेम्बाङ रहेको निर्वाचन समिति निर्माण गरिएको थियो ।
तुम्याहाङ तथा पूर्वअध्यक्ष दिल सम्बाहाङफेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले सचिव लाहाङ चेम्जोङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष सुन्दर लिङथेपको आर्थिक प्रतिवेदन र अध्यक्ष छत्र वनेमले प्रस्तुत गरेको पुरस्कार समन्धित प्रतिवेदनलाई व्यापक छलफल गरी पारित गरेको छ ।
अतिथिहरु गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष विश्वास दीप तिगेला, लिनासका सल्लाहकार लोकेन्द्र तबेबुङ, संस्थापक मिडिया सचिव तथा कियाचुका पूर्वाध्यक्ष डम्मर सिंघक, याक्थुङ कल्चर एन्ड हेरिटेजका संयोजक गणेश इजम, कियाचु केस टंक येङदेन, कियाचु रश्मोर अध्यक्ष थान नाल्बोलगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि सम्बाहाङफे र अध्यक्ष वनेमले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेको अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष मनमाया नेम्बाङ राख्नुभएको थियो । निर्वाचन समितिका सचिव राजेन्द्र खिम्दिङले सन्चालन गरेको बन्दसत्रबाट नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई निर्वाचन समितिका संयोजक नरेन्द्र माबोहाङले शपथ खुवाउनुभएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते