
वासिङटन डीसी । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन् । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना छ । वाशिङ्टनदेखि न्यूयोर्क र बोस्टनसम्म ३० देखि ६० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ ।
उडान अनुगमन संस्थाका अनुसार आइतबार मात्रै हजारौँ उडान रद्द भएका छन्, जुन महामारीपछिको सबैभन्दा ठूलो अवरोध मानिएको छ ।
न्यूयोर्कस्थित ला गार्डिया विमानस्थल आइतबार दिउँसो बन्द गरिएको थियो । फिलाडेल्फियामा ९४ प्रतिशत, ला गार्डियामा ९१ प्रतिशत र जे एफ के अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएको छ ।
डलास–फोर्ट वर्थ, चार्लोट, फिलाडेल्फिया र अटलान्टा लगायतका प्रमुख विमानस्थलहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन् ।
उड्डयन विज्ञहरूका अनुसार उडान तालिका सामान्य अवस्थामा फर्किन धेरै दिन लाग्न सक्छ । प्रत्यक्ष रूपमा प्रभावित नभएका यात्रुहरू पनि श्रृङ्खलाबद्ध ढिलाइका कारण समस्यामा पर्न सक्ने बताएका छन् ।
यदि उडान रद्द भएपछि यात्रुले यात्रा नगर्ने निर्णय गरेमा, टिकट फिर्ता नहुने भनिएको भए पनि पूरा रकम फिर्ता पाउने कानुनी अधिकार हुन्छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते