लन्डन । फिपा (फाउन्डेशन फर इन्डियन पर्फमिङ आर्ट्स) र थरोक काउन्सिलको विशेष सहयोगमा नेपालका भूकम्प पीडितहरुका लागि एउटा च्यारिटी हुने भएको छ । ‘होम्स् फर ह्युम्यानिटी’ पुनस्थापना योजना सहयोगार्थ विशेष च्यारिटी हुने भएको हो । कार्यक्रम थेम्स्साइड थिएटर, ग्रेजमा २१ अगष्ट सांझ शुक्रबार हुने भएको छ ।
सांझ ७ः३० बजे शुरु गरिने उक्त सांझमा लेष्टर, लन्डन, भारतको जयपुर, राजस्थानी कलाकार, थरोक गोर्खाज नेपाल कम्युनिटीको प्रस्तुति साथै लन्डनस्थित ‘नाम्लो ब्याण्ड’ को विशेष उपस्थिति रहनेछ । टिकट मुल्य नतोकिएको उक्त विशेष कार्यक्रममा दर्शकहरुले स्वेच्छाले अनुदान दिएर अनलाईन मार्फत आफ्नो सिट सुरक्षित गर्नुपर्ने हुन्छ ।
पाइलट प्रोजेक्ट अन्तर्गत ललितपुरको घ्याम्से डांडादेखि ५५ आवास निर्माण कार्य सुरु गर्ने तयारी रहेको उक्त निर्माण योजनामा करिव २० परिवारका लागि मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभको सहयोग रहनेछ ।
उक्त आवास निर्माण योजना अन्तर्गत आवश्यक पर्ने सामुदायिक शौचालय, सोलार हिटर, धुंवारहित चुलो एवं सामुदायिक विश्राम स्थल समेतको निर्माण आयोजना रहेको हुंदा २० परिवारका लागि दीर्घकालिन अवधारणाले सोच्दा अत्यन्तै प्रभावकारी सहयोग रहने विश्वास होम्स् फोर ह्युम्यानिटी यूके टिमकी बबी लामा (प्रेसिडेन्ट मिसन टु हेल्प नेपाल) र जुनकिरी इनिसियटिभकी प्रसन्ना देवान राईको छ ।
त्यसो त समयसंगै भूकम्प पीडित नेपालीहरु पनि आफ्नो दैनिकीतर्फ फर्किने तयारीमा छन् । भूकम्पले कैयन जनधन क्षतिसंगै ओत लाग्ने छानो पनि बांकी राखेको छैन् । कैयन नेपाली अझै पनि त्रिपालको अस्थायी छानो मुनी जीवन गुजार्न वाध्य छन् । यद्यपि विनाशकारी भूकम्पले क्षतिग्रस्त इलाका संसारभरिका परोपकारी मनहरुले सहयोग गरे । बेलायतदेखि पनि संस्थागत एवं व्यक्तिगत स्तरमा धेरै नेपालीले सहयोग पुर्याए । मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ मिलेर सिन्धुपाल्चोक, धुलिखेल, नगरकोटका भूकम्प पीडितहरुका लागि तत्कालिन स्वास्थ्य एवं राहत सेवा नेपाल स्थित ‘निरन्तर समाजसेवा’ विशेषतः वसन्त चौधरी फाउन्डेशन एवं नर्भिक इन्टरनेशनलको सहयोगमा सम्पन्न गरेका थिए ।
‘होम्स् फर ह्युम्यानिटी’ आव्हान सहित तयार गरिएको अवधारणामा बेलायतको इसेक्स्स्थित फिपा थिएटर ग्रुप, थरोक काउन्सिल, पिनपोइन्ट क्रियटिभ, प्रिजर्भेस् वक्र्स कम्पनी (विजिनेस हाउस), लगायत इष्ट लन्डन गोर्खा नेपाली कम्युनिटी, लेक्स लिम्बु आदिको स्वस्फूर्त सहयोग रहेको प्रोजेक्ट कोओर्डिनेटर लक्ष्मी राईले बताइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते