लन्डन । फिपा (फाउन्डेशन फर इन्डियन पर्फमिङ आर्ट्स) र थरोक काउन्सिलको विशेष सहयोगमा नेपालका भूकम्प पीडितहरुका लागि एउटा च्यारिटी हुने भएको छ । ‘होम्स् फर ह्युम्यानिटी’ पुनस्थापना योजना सहयोगार्थ विशेष च्यारिटी हुने भएको हो । कार्यक्रम थेम्स्साइड थिएटर, ग्रेजमा २१ अगष्ट सांझ शुक्रबार हुने भएको छ ।
सांझ ७ः३० बजे शुरु गरिने उक्त सांझमा लेष्टर, लन्डन, भारतको जयपुर, राजस्थानी कलाकार, थरोक गोर्खाज नेपाल कम्युनिटीको प्रस्तुति साथै लन्डनस्थित ‘नाम्लो ब्याण्ड’ को विशेष उपस्थिति रहनेछ । टिकट मुल्य नतोकिएको उक्त विशेष कार्यक्रममा दर्शकहरुले स्वेच्छाले अनुदान दिएर अनलाईन मार्फत आफ्नो सिट सुरक्षित गर्नुपर्ने हुन्छ ।
पाइलट प्रोजेक्ट अन्तर्गत ललितपुरको घ्याम्से डांडादेखि ५५ आवास निर्माण कार्य सुरु गर्ने तयारी रहेको उक्त निर्माण योजनामा करिव २० परिवारका लागि मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभको सहयोग रहनेछ ।
उक्त आवास निर्माण योजना अन्तर्गत आवश्यक पर्ने सामुदायिक शौचालय, सोलार हिटर, धुंवारहित चुलो एवं सामुदायिक विश्राम स्थल समेतको निर्माण आयोजना रहेको हुंदा २० परिवारका लागि दीर्घकालिन अवधारणाले सोच्दा अत्यन्तै प्रभावकारी सहयोग रहने विश्वास होम्स् फोर ह्युम्यानिटी यूके टिमकी बबी लामा (प्रेसिडेन्ट मिसन टु हेल्प नेपाल) र जुनकिरी इनिसियटिभकी प्रसन्ना देवान राईको छ ।
त्यसो त समयसंगै भूकम्प पीडित नेपालीहरु पनि आफ्नो दैनिकीतर्फ फर्किने तयारीमा छन् । भूकम्पले कैयन जनधन क्षतिसंगै ओत लाग्ने छानो पनि बांकी राखेको छैन् । कैयन नेपाली अझै पनि त्रिपालको अस्थायी छानो मुनी जीवन गुजार्न वाध्य छन् । यद्यपि विनाशकारी भूकम्पले क्षतिग्रस्त इलाका संसारभरिका परोपकारी मनहरुले सहयोग गरे । बेलायतदेखि पनि संस्थागत एवं व्यक्तिगत स्तरमा धेरै नेपालीले सहयोग पुर्याए । मिसन टु हेल्प नेपाल र जुनकिरी इनिसियटिभ मिलेर सिन्धुपाल्चोक, धुलिखेल, नगरकोटका भूकम्प पीडितहरुका लागि तत्कालिन स्वास्थ्य एवं राहत सेवा नेपाल स्थित ‘निरन्तर समाजसेवा’ विशेषतः वसन्त चौधरी फाउन्डेशन एवं नर्भिक इन्टरनेशनलको सहयोगमा सम्पन्न गरेका थिए ।
‘होम्स् फर ह्युम्यानिटी’ आव्हान सहित तयार गरिएको अवधारणामा बेलायतको इसेक्स्स्थित फिपा थिएटर ग्रुप, थरोक काउन्सिल, पिनपोइन्ट क्रियटिभ, प्रिजर्भेस् वक्र्स कम्पनी (विजिनेस हाउस), लगायत इष्ट लन्डन गोर्खा नेपाली कम्युनिटी, लेक्स लिम्बु आदिको स्वस्फूर्त सहयोग रहेको प्रोजेक्ट कोओर्डिनेटर लक्ष्मी राईले बताइन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा