
लन्डन । रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित बेलायती दूतावासका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका छन् । यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ ।
रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले दूतावासका ती कर्मचारीमाथि बेलायती गुप्तचर सेवाका लागि काम गरेको आरोप लगाएको छ । तर एफएसबीले आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन ।
रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कूटनीतिज्ञको मान्यता रद्द गरिएको र उहाँले अब दुई हप्ताभित्र देश छोड्नुपर्ने जनाएको छ । यस निर्णयबारे जानकारी दिन मन्त्रालयले रुसमा बेलायतका चार्ज डी’एफेयर्स डाने ढोलकियालाई मस्कोस्थित मुख्यालयमा बोलाएको थियो ।
विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, “रुसमा अघोषित बेलायती गुप्तचर अधिकारीहरूको गतिविधिलाई मस्कोले कदापि सहन सक्तैन ।” साथै, यस विषयमा लन्डनबाट गरिने कुनै पनि कारबाहीको उपयुक्त जवाफ दिने चेतावनी पनि दिइएको छ ।
यस घटनाप्रति बेलायती सरकारबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
सन् २०२२ को फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुस र नाटो सदस्य राष्ट्रहरूबीचको सम्बन्ध शीतयुद्धपछिकै सबैभन्दा तल्लो तहमा पुगेको छ । त्यसयता दुवै पक्षले कूटनीतिज्ञहरूको आपसी निष्कासनका थुप्रै चरणहरू पार गरिसकेका छन् ।
यसअघि पनि मस्कोले सन् २०२५ को मार्च महिनामा जासुसीको आरोप लगाउँदै मस्कोमा कार्यरत दुई जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । त्यसबेला बेलायतले ती आरोपहरूलाई ‘दुर्भावनापूर्ण र पूर्ण रूपमा आधारहीन’ भन्दै कडा आपत्ति जनाएको थियो ।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’