नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस २७ देखि भएको विशेष महाधिवेशनअन्तर्गतको निर्वाचनमा सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध हुनु भएको हो । थापा सभापति पदमा निर्वाचित भएको महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बुधबार राति घोषणा गरेको हो ।

सभापतिमा निर्वाचित भएपछि थापाले आफूलाई जिम्मेवारी सुम्पिएकोमा आभार प्रकट गर्दै कांग्रेस सान राख्ने र तमाम कांग्रेसको शिर निहुर्‍याउने काम नगर्ने विश्वास दिलाउनुभयो ।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन हुनुभएको छ ।

विद्यार्थी राजनीतिबाट उदाउनुभएका थापा यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा महामन्त्री हुनुहुन्थ्यो । जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसद् छिर्नुभएको थियो । असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा गगन महामन्त्रीमा निर्वाचित हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री