
काठमाडौँ । नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस २७ देखि भएको विशेष महाधिवेशनअन्तर्गतको निर्वाचनमा सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध हुनु भएको हो । थापा सभापति पदमा निर्वाचित भएको महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बुधबार राति घोषणा गरेको हो ।
सभापतिमा निर्वाचित भएपछि थापाले आफूलाई जिम्मेवारी सुम्पिएकोमा आभार प्रकट गर्दै कांग्रेस सान राख्ने र तमाम कांग्रेसको शिर निहुर्याउने काम नगर्ने विश्वास दिलाउनुभयो ।
त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन हुनुभएको छ ।
विद्यार्थी राजनीतिबाट उदाउनुभएका थापा यसअघि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा महामन्त्री हुनुहुन्थ्यो । जनआन्दोलनको सफलतापछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट थापा संसद् छिर्नुभएको थियो । असोज २०६७ मा भएको १२ औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । मंसिर २०७८ मा भएको १४ औं महाधिवेशनमा गगन महामन्त्रीमा निर्वाचित हुनुभयो ।

















रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे