
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का २४ सय ९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा मंगलबार आयोजित शपथ समारोहमा ज्येष्ठ नेता एनके प्रसाईँले नेकपाका केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो । शपथलगत्तै प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई परिचयपत्र हस्तान्तरण गर्नुभएको थियो ।
शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको नेता गंगालाल तुलाधरले बताउनुभयो ।
कात्तिक तेस्रो साता माओवादी केन्द्र, एकीकृत समाजवादीबीच एकता भए पनि मंगलबार समायोजन भएपछि केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएका र बाहिर रहेकालाई भर्चुअल माध्यमबाट संयोजक प्रचण्डले केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन