
लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आइतबार विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको हो । कार्यक्रमका अवसरमा सहभागीहरुबाट पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । संगठनले यसपटक बेलायतमा विभिन्न क्षेत्रमा योगदान दिएका अग्रज ५ व्यक्तित्वलाई विशेष सम्मान गर्यो । सम्मानित हुनेहरुमा डा. राघवप्रसाद धिताल (ओबीइ), हरिसिंह थापा, मदन थापा, वसन्त रायक्षेत्री र विजय थापा हुनुहुन्छ । उहाँहरुलाई अध्यक्ष क्षेत्रीले दोसल्ला र प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो ।
प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव संजोग राईले दूरदर्शी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरण अभियानले आधुनिक नेपाल बनेको स्मरण गर्नुभयो । उहाँले शाहको महावाणी अहिले पनि उत्तिकै सान्दर्भिक रहेका चर्चा गर्दै राष्ट्रिय महत्वका यस्ता कार्यक्रम दूतावासमै गर्न दूतावास सकारात्मक रहेको बताउनुभयो ।
विशेष अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ)ले पृथ्वीनारायण शाहको योगदान भन्न कन्जुस्याईं गर्न नहुने बताउनुभयो । उहाँले अहिलेका जेनजी पुस्ताले समेत शाहको दिव्योपदेशबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गोरखाली वुद्धिजिवी विकलचन्द्र आचार्यले पृथ्वीनारायण शाहको व्यक्तित्व, शाहवंशको विरासत तथा गोरखा जिल्लाको ऐतिहासिक तथ्यमाथि विवेचना गर्नुभयो ।
समाजसेवी विमल आचार्यले व्यवस्था र अवस्था जस्तो सुकै आए पनि पृथ्वी नारायण शाहको योगदान कहिल्यै नमर्ने र भुल्न पनि नहुने धारणा राख्नुभयो ।
विगत १८ वर्षदेखि एक्लो प्रयासमा पृथ्वी जयन्ती मनाउँदै आएका संगठनका अध्यक्ष भरत क्षेत्रीले आधुनिक नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ, हन्स्लो बरोका वर्तमान काउन्सिलर तथा पूर्वमेयर विष्णु गुरुङ, प्रेम गौतम, हेमन्त पौडेल, साहित्यकार हरिसिंह थापा, संगठनका महासचिव सुनिलजंग शाह, नेपाल आर्मीका पूर्व मेजर कुमार बस्नेत लगायतले पनि पृथ्वीनारायण शाहको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभयो ।
अध्यक्ष क्षेत्रीले सहयोगी र सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो । चेतमान केसीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उत्तम खड्काले स्वागत मन्तव्य दिनुभएको थियो ।




भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते