काठमाडौँ, १७ असार । संविधानसभाको आजको बैठकले मस्यौदा समितिले तयार गरेको विधेयकको पहिलो मस्यौदालाई सैदान्तिक सहमति लिई जनताको प्रतिक्रिया प्राप्त गर्नको लागि नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले होहल्ला र विरोधकाबीच उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि सभाध्यक्ष सुवास नेम्वाङले बैठक सुरु भएको घोषणा गर्नासाथ संविधानसभा नियमावली २०७० को नियम १६९ बमोजिम नियम ९३ को उपनियम ३ लाई नियम निलम्बन गर्ने सम्वन्धी प्रस्ताव प्रस्तुत् गर्न सभासद् चिनकाजी श्रेष्ठलाई अनुमति दिनासाथ सभासद् विश्वेन्द्र पासवान कुदेर रोष्टम अघि पुगेर पलेटी कसेर बिरोध जनाए । त्यस लगत्तै राप्रपा नेपालका सभासद्ले पनि आ–आफ्नो स्थानबाट उभिएर बिरोध जनाएपछि सभाध्यक्ष नेम्वाङले सो पार्टीका सभासद् दीलनाथ गिरीलाई भनाई राख्न अनुमति दिए । बैठकमा सभासद् गिरीले प्रमुख ठूला दलले संवैधानिक प्रकृयालाई वेवास्ता गरे संविधान लेखनलाई अघि बढाउने प्रयास भएकाले त्यसलाई सच्याउन माग गरेका थिए ।
त्यसलगत्तै सभासद् लक्ष्मणलाल कर्णले संविधान लेखनलाई प्रकृयासम्मतरूपमा अघि बढाउन तय गरिएको नियमलाई निलम्बन गरेर बैठकलाई तत्कालै अघि बढाउनु पर्नाको कारणबारे जानकारी माग गर्दै निलम्बनको प्रस्ताव फिर्ता गराउन सभाध्यक्षसंग अनुरोध गरे ।
बैठकमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टी, राप्रपा नेपाललगायतका सभासद्ले रोष्टम अगाडि आई नाराबाजी गर्दै विरोध जनाए ।
उनीहरूको विरोध बाबजूत सभासद् चिनकाजी श्रेष्ठले निलम्वनसम्वन्धि प्रस्ताव प्रस्तुत गर्नुभएकोमा सभासद्द्वय अग्निप्रसाद खरेल र गिरिराजमणि पोखरेलले समर्थन मन्तव्य राखे ।
बैठकमा सभासद् चिनकाजी श्रेष्ठले संविधानसभा नियमावली, २०७० को नियम १६९ बमोजिम नियमावलीको नियम ९३ (३) लाई तत्कालको लागि निलम्बन गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभासद्द्वय अग्निप्रसाद खरेल र गिरिराजमणि पोखरेलले समर्थन जनाएका हुन् ।
नियम ९३(३) बमोजिम संविधानको विधेयकको पहिलो मस्यौदालाई सैदान्तिक सहमति दिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभन्दा सात दिन अगावै सदस्यलाई मस्यौदा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
मस्यौदासम्वन्धि प्रस्ताव बिहीबारै संविधानसभामा पेश गर्न बाधा उत्पन्न भएकाले संविधानसभा नियमावली अनुरूप निलम्वनसम्वन्धि प्रस्ताव प्रस्तुत गरिएको हो ।
संविधानसभा मातहतको ७३ सदस्यीय संविधान मस्यौदा समितिले तयार गरेको मस्यौदा संविधानसभाको बैठकमा गत मङ्गलवार प्रस्तुत गरेको थियो । उक्त मस्यौदालाई २९७ धारा, ३७ भाग र ७ अनुसूचिमा समेटिएको छ ।
समितिले मस्यौदाका बारेमा प्राप्त भएका फरक विचारलाई समेत समावेश गरेर प्रतिवेदन तयार गरेको हो ।
संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा छलफलका लागि प्रवेश गरेसँगै नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेर बसेको संविधानसभाबाट संविधान प्राप्त गर्ने सुनिश्चित गरेको छ ।
संविधानसभाको अर्काे बैठक १८ गते शुक्रबार दिनको १ः०० बजे बस्ने छ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा