
काठमाडौँ । यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई प्रदान गरिएको छ ।
नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवर्द्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सोमबार काठमाडौंमा आयोजित’प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ मा किराती र चौधरीलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला र सभाध्यक्ष संस्थाका उपाध्यक्ष मिजास तेम्बे रहनुभएको थियो । प्रमुख अतिथि काइँलाले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो । सम्मान तथा पुरस्कारमा नगद १ लाख रुपैयाँ, सम्मानपत्र, दोसल्ला र मालासहित समर्पण थैली प्रदान गरिएको थियो ।

प्रमुख अतिथि काइँलाले भन्नुभयो, ‘प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा संस्थाले विशिष्ट योगदान दिएको छ ।’ उहाँले किरातीलाई भूइँ मानिसको पीडा र मुन्दुमीय चेतनालाई साहित्यमा उतार्ने अद्वितीय स्रष्टा तथा चौधरीलाई मधेसी समाजको जीवन–संवेदना र भविष्यको आशा बोकेकी उदीयमान प्रतिभाका रूपमा उच्च मूल्यांकन गर्नुभयो ।
किरातीले सम्मान ग्रहणपछि भावुक हुँदै भन्नुभयो, ‘यो सम्मान पाउँदा बढो हर्ष लागेको छ । अझै बाँचेर केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’
पुरस्कृत विजेता चौधरीलेले भन्नुभयो, ‘मैले कल्पना पनि नगरेको पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो पुरस्कारले मातृभाषा र मधेशलाई सम्मान गरेको छ ।’
कवि श्रवण मुकारुङले सम्मान तथा पुरस्कार चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ पुरस्कार छनोटमा पनि हिंसा हुने गर्दछ । तर, प्रतिभा प्रतिष्ठानको प्रक्रिया भने निष्पक्ष र अनुकरणीय रहेछ ।’
कार्यक्रममा पूर्वअध्यक्ष गणेश राईले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएकव थियो । डा.तुलसी गौतमले दुवै प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।

बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो