
काठमाडौँ । यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई प्रदान गरिएको छ ।
नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवर्द्धन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा सोमबार काठमाडौंमा आयोजित’प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ मा किराती र चौधरीलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला र सभाध्यक्ष संस्थाका उपाध्यक्ष मिजास तेम्बे रहनुभएको थियो । प्रमुख अतिथि काइँलाले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो । सम्मान तथा पुरस्कारमा नगद १ लाख रुपैयाँ, सम्मानपत्र, दोसल्ला र मालासहित समर्पण थैली प्रदान गरिएको थियो ।

प्रमुख अतिथि काइँलाले भन्नुभयो, ‘प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा संस्थाले विशिष्ट योगदान दिएको छ ।’ उहाँले किरातीलाई भूइँ मानिसको पीडा र मुन्दुमीय चेतनालाई साहित्यमा उतार्ने अद्वितीय स्रष्टा तथा चौधरीलाई मधेसी समाजको जीवन–संवेदना र भविष्यको आशा बोकेकी उदीयमान प्रतिभाका रूपमा उच्च मूल्यांकन गर्नुभयो ।
किरातीले सम्मान ग्रहणपछि भावुक हुँदै भन्नुभयो, ‘यो सम्मान पाउँदा बढो हर्ष लागेको छ । अझै बाँचेर केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’
पुरस्कृत विजेता चौधरीलेले भन्नुभयो, ‘मैले कल्पना पनि नगरेको पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो पुरस्कारले मातृभाषा र मधेशलाई सम्मान गरेको छ ।’
कवि श्रवण मुकारुङले सम्मान तथा पुरस्कार चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ पुरस्कार छनोटमा पनि हिंसा हुने गर्दछ । तर, प्रतिभा प्रतिष्ठानको प्रक्रिया भने निष्पक्ष र अनुकरणीय रहेछ ।’
कार्यक्रममा पूर्वअध्यक्ष गणेश राईले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएकव थियो । डा.तुलसी गौतमले दुवै प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त