
लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र भूपू सैनिक कल्याणकारी समिति (भूपूसैकस)नेपालले बेलायतमा बस्ने नेपालीहरुको वंशजको नागरिकता निरन्तरता र विदेशमा रहेका नेपालीहरुले नागरिकता देखाएर भोट हाल्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका छन् ।
शुक्रबार ५ डिसेम्बर २०२५ (२०८२ मङ्सिर १९ गते) भूपूसैकसमितिनेपाल र सीएनसीबीजीको तर्फबाट अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाइएको भूपू सैनिक कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा मगरले जानकारी दिनुभयो । ‘बेलायत (विदेश)मा बस्ने नेपालीहरुको वंशजको नागरिकता निरन्तरता र विदेशमा रहेका नेपालीहरुले नागरिकता देखाएर भोट हाल्न पाउने व्यवस्था मिलाउन सरकारलाई दबाब दिइयो,’ज्ञापनपत्र बुझाएपछि अध्यक्ष थापामगर भन्नुभयो ।
गृहमन्त्री अर्यालले आफूहरुले राखेका विषयमा सरकार गम्भीर रहेको बताएको उहाँले जानकारी गराउनुभयो ।
गृहमन्त्री अर्यालले ब्रिटिस गोर्खाहरु त्रिपक्षीय सन्धिअन्तर्गत बेलायती सेनामा सेवा गरेकाले नेपाल सरकार उनीहरूको नागरिकता निरन्तरताको सुनिश्चित गर्नुपर्नेमा सकारात्मक रहेको समेत बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो,’त्यसका लागि के कति गर्न सकिन्छ मेरो तर्फबाट मैले सक्दो सहयोग गर्नेछु ।’
ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेले पढेर सुनाउनुभएको थियो । त्यसपछि अध्यक्ष थापामगरले गृहमन्त्री अर्याललाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष थापाले गर्नुभएको थियो भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता आलेमगर, कोषाध्यक्ष खुनबहादुर राना साथै सीएनसीबीजीबाट पूर्णबहादुर राना, प्रितीमाया पुन, प्रितम घले र अम्बिकाकुमारी मगर सहभागी हुनुहुन्थ्यो ।
गृहमन्त्रीसँगको भेटपछि सीएनसीबीजीका अध्यक्ष थर्क रानाले यो महत्वपूर्ण भेटघाटको सम्पूर्ण व्यवस्था मिलाउने भूपूसैकस नेपालका अध्यक्ष थापा र सचिव आले साथै व्यस्तताको बाबजुद पनि आफूहरुका मागलाई सकारात्मक रूपमा लिई सहयोगको आश्वासन दिएकोमा गृहमन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते