लण्डन । बेलायती सेनाभित्र हरेक वर्ष हुने राष्ट्रिय सुटिङ प्रतियोगितामा गोरखा सैनिक सार्जेन्ट खगेन्द्र तामाङ उत्कृष्ट ठहरिएका छन् ।
इम्फाल ब्यारेकका तामाङले द आर्मी अपरेसनल सुटिङ प्रतियोगितामा उत्कृष्ट भए वापत क्वीन्स मेडल प्राप्त गरेका छन् । उनलाई राजकुमार आन्ड्रयूले सो पदक हस्तान्तरण गरेको बेलायती सैनिकको आधिकारिक फेसबुक पेजमा आज उल्लेख छ ।
अन्तर्राष्ट्रिय सैनिक टोलीहरुले पनि भाग लिएको सो प्रतियोगितामा वर्चस्व भने बेलायतको सैनिक टोलीको रहृयो ।
प्रतियोगिताको फाइनल खेल बेलायतको सरे काउन्टीअन्तर्गतको बिज्लेस्थित नेशनल राइफल एसोसिएसनको मुख्यालयमा भएको थियो ।
प्रतियोगितामा बेलायत र बेलायत बाहिर अवस्थित बेलायती सेनाका हरेक युनिटले भाग लिने गर्दछन् । पूर्व गोरखा सैनिक बसन्त गुरुङका अनुसार सो प्रतियोगितामा हरेक सैनिकहरुले भाग लिन्छन् र उनीहरुबाट छानिएकाहरु उच्चस्तरको प्रतियोगितामा जाने गर्दछन् ।
युकेसित करिब ९० हजार सैनिक छन् ।
बेलायती सेनाको आधिकारिक फेसबुक पेजका अनुसार करिब १ हजार प्रतिष्पर्धीले भाग लिएका थिए ।
प्रतिष्पर्धामा अपरेसनल सुटिङ कलाका अलाबा रातमा सुटिङ, पेस्तोल र मेसिन गन म्याच, १५ किलोको भारी बोकेर सुटिङ गर्नपर्ने लगायतका विधाहरु रहन्छन् ।
बेलायती सैन्यभित्र ख्यातिप्राप्त मेडल प्राप्त गरेपछि सार्जेन्ट तामाङले भने, “१२ वर्षे तालिममा यो उत्कृष्ट प्रदर्शन थियो । यसअघि पनि म कैयौँपटक विजयको नजिक पुगेको थिएँ ।”
उनले आफ्नो सफलताका लागि परिवारलाई धन्यवाद दिए । तालिमको दौरानमा आफू परिवारबाट टाढा रहँदा पनि परिवारले अतूल्य साथ दिएको उनले उल्लेख गर्न छुटाएनन् ।
सन् १८७४ देखि शुरु भएको प्रतियोगितामा प्रायः हरेक वर्ष गोरखा सैनिकहरुको वर्चस्व रहने गरेको छ । त्यसमा पनि इन्फेन्ट्री बटालियनहरुको बोलवाला नै रहने गर्दछ ।
सिग्नल, लजिस्टिक, इन्जिनियरिङ जस्ता कोर युनिटबाट क्वीन्स मेडल पाउने विरलै छन् । जसमा तामाङ सम्भवतः दोस्रो व्यक्ति भएको पूर्व गोरखा सैनिक गुरुङ बताउँछन् । उनका अनुसार यसअघि लजिस्टिकका देउ रानाले सो मेडल जितेका थिए ।
योर्कमा अवस्थित आफ्नो बटालियनले मेडल जितेकोमा गर्व गर्दै तामाङले अर्को वर्ष पनि सो मेडल जित्ने आशा व्यक्त गरे । “दुई वटा सिग्नल रेजिमेन्टको सहयोगले अर्को वर्ष पनि योर्कको टिमले सफलता हात पार्नेमा म आशा गर्दछु” उनले भने ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा