
लन्डन । बेलायतमा दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई धरान समाज यूकेले ६ लाख २७ हजारभन्दा बढी सहयोग गरेको छ ।
धरान समाज यूकेका अध्यक्ष निकेश लिम्बु र महासचिव वल्लभ गुरुङले नोभेम्बर ३० मा रिडिङमा एक कार्यक्रमबीच स्वर्गीय युविनका बुबा विकास तामाङ र आमा शर्मिला मगर तामाङलाई ३ हजार ३ सय १० पाउन्ड (६ लाख २७ हजार ४ बराबर) सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
‘एउटा मानवताको नाता, धरानवासी र नेपालीको नाताले हामीले धेरथोर सहयोग गरेका हौं । धरान मात्र नभएर अप्ठेरो परेका नेपालीका लागि सहयोग गर्न हामी सदा तयार हुन्छौं’, अध्यक्ष लिम्बुले भन्नुभयो । उहाँले समस्त चन्दादाताहरुलाई धन्यवादसमेत दिनुभएको छ ।
धरान उपमहानगरपालिका-११ स्थायी घर भएका तामाङको गत १८ अक्टोबरमा इष्ट लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेनमा र्यापर गेट्सले चलाएको कारको ठक्करबाट मृत्यु भएको थियो । प्रहरीले बताएअनुसार तामाङ सडकमा पैदल हिँडिरहेका बेला बीएमडब्ल्यु कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भएको थियो ।
दुर्घटनापछि चालक गेट्स घटनास्थलबाट फरार भएका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते