
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ ।
मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ । मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका विभिन्न स्थानहरुमा सचेतनामूलक सन्देश राखिएको छ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन