तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग

लन्डन । तनहुँ समाज यूकेले व्यास नगरपालिका ११ निर्बु निवासी बुद्धिबहादुर गुरुङको मिर्गौलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगिरहेका गुरुङलाई दुई लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजकी उपाध्यक्ष निर्मला थापाले शनिबार बुद्धिबहादुरको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

समाजले आफ्ना सहयोगी तथा शुभेच्छुकबाट सहयोग संकलन गरिएको जनाएको छ । अध्यक्ष सन्तबहादुर गुरुङले सहयोगका लागि शुभेच्छुकलाई धन्यवाद दिनुभयो ।

यूकेको विभिन्न सहरमा छरिएका तनहूँगेलाई एकीकृत गर्ने उद्देश्यले सन् २००८ मा स्थापित समाजले स्थापनाकालदेखि नै तनहुँको शिक्षा, स्वास्थ्य,खानेपानी,पर्यटन तथा कला संस्कृतिका क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री